माओवादी जनयुद्धलाई अपमानित गर्ने कुरा सह्यै हुन्नः शक्तिबहादुर बस्नेत

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
माओवादी जनयुद्धलाई अपमानित गर्ने कुरा सह्यै हुन्नः शक्तिबहादुर बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले माओवादी जनयुद्धलाई अपमानित गर्ने र अवमूल्ययन गर्ने कुनैपनि गतिविधि स्वीकार्य नहुने बताएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सो पार्टीमा उपमहासचिव शक्तिबहादुर बस्नेतले नेपालको संविधान, शान्ति प्रक्रियाको भावना र जनयुद्धको भुमिकालाई अवमूल्यन र अपमानित गर्नेगरी एमालेका सांसद योगेशकुमार भट्टराईले संसदमा बोल्नुभएको विचारप्रति आफ्नो दलको असहमती, आपत्ति र विरोध कायमै रहेको समेत बताउनु भयो ।

उहाँले सो सम्बन्ध स्पष्ट पार्न पनि सम्बन्धित दलसँग माग गर्नुभयो । उपमहासचिव बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्नसंयुक्त राष्ट्र संघको महासभाको भ्रमण, महत्वपूर्ण विधेयकहरुलाई संसदबाट अन्तिम टुंगोमा पुर्‍याउनुपर्ने स्थिति, जनसरोकारका मुद्दाहरुमा छलफल गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखि आफ्नो दलले संसद सुचारु गराउने निर्णय लिएको पनि जानकारी गराउनु भयो ।

उपमहासचिव बस्नेतले माओवादी जनयुद्धलाई अपमानित गर्ने कुरालाई सहन गरेर बस्ने नसकिने पनि दोहोर्‍याउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement