के छ मुकुल ढकालको प्रतिवेदनमा ? जसले महामन्त्री पद खोस्यो (पूर्णपाठ)

असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
के छ मुकुल ढकालको प्रतिवेदनमा ? जसले महामन्त्री पद खोस्यो (पूर्णपाठ)

काठमाडौं । डा. मुकुल ढकाल जो राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री हुनुहुन्थ्यो- उहाँले देशका ३८ जिल्लाको समीक्षा यात्रापछि सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाउनु भयो । पार्टीको जनमत खस्केको र आगामी चुनावमा राष्ट्रिय पार्टीसमेत बन्न नसक्ने निष्कर्षसहितको उक्त प्रतिवेदनले पार्टीमा तरंग पैदा गर्‍यो ।

‘अहिलेको अवस्थामा यही तरिकाले पार्टी अघि बढे दुर्घटना हुने निश्चित छ,’ गृहमन्त्रीसमेत रहेका पार्टी सभापति लामिछानेलाई प्रतिवेदन बुझाए पछि महामन्त्री ढकालको प्रतिक्रिया थियो, ‘पार्टी पूरै सिकिस्त बिरामी छ । ठूलो सर्जरीको आवश्यक छ ।’ पार्टी दलदलमा फसेको बताउनु भएका ‘महामन्त्रीको प्रतिवेदन कार्यान्वयन कि महामन्त्रीलाई नै कारबाही गर्ने ?’ पार्टीमा बहससमेत चल्यो ।

यसैबीच रास्वपाको पार्टी अनुशासन आयोगले सभापतिलाई प्रतिवेदन बुझाउनु अघि नै प्रतिवेदनमा समेटिएका विषय मिडियामा ल्याएको भन्दै महामन्त्री ढकाललाई स्पष्टीकरण सोध्यो । गत बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग महामन्त्री ढकालले गर्नु भएको थियो- तर पार्टीले बैठक लाइभ नगर्ने निर्णय गरेपछि महामन्त्री ढकाल त्यसको विरोधमा मुखमा कालो टेप टाँसेर बैठकमा बस्नु भयो । अन्ततः पार्टीको प्रवक्ता समेत रहेका महामन्त्री ढकाललाई पार्टीले कारबाही गर्‍यो । महामन्त्री ढकाल पार्टीको पदीय जिम्मेवारीबाट ७ दिनका लागि निलम्बित हुनुभयो ।

आखिर के छ राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापति लामिछानेलाई बुझाएको समीक्षा यात्रा प्रतिवेदनमा ? हेर्नुहोस् पूर्णपाठ :-

सम्बन्धित समाचार...

रास्वपाले गर्‍यो महामन्त्री मुकुल ढकाललाई निलम्बन

जनताका कुरा बोलिदिँदा कारबाही भयो : मुकुल ढकाल

रास्वपा महामन्त्री ढकालको प्रतिवेदन- रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं (पूर्णपाठ)

लाइभ नगर्ने रास्वपाको निर्णयप्रति विरोध जनाउँदै महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी

रास्वपा महामन्त्री ढकाललाई सोधिएको स्पष्टीकरणमा के छ ?

पार्टी दुर्घटनाउन्मुख छ : रास्वपाका महामन्त्रीको प्रतिवेदन

पार्टी बिरामी परेको छ, समयमै अस्पताल लगेर सर्जरी नगरे सकिन्छ : महामन्त्री मुकुल ढकाल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement