जनताका कुरा बोलिदिँदा कारबाही भयो : मुकुल ढकाल

असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
 जनताका कुरा बोलिदिँदा कारबाही भयो : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले जनताको कुरा बोल्दा पार्टीले आफूलाई कारबाही गरेको बताउनुभएको छ । हिजो बसेको रास्वपाको केन्द्रीय समिति बैठकले अभद्र व्यवहार गरेको भन्दै ढकाललाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

'जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ,' ढकालले सामाजिक सञ्जालमा लेख्नुभएको छ, 'बालहठ जस्तो होस्, अस्वभाविक लागोस्, वा अव्यवहारीक जनताले जसरी बताए त्यसरी नै बताइदिएँ ।'

सभापति रवि लामिछानेका कति कुरा गलत लाग्दा लाग्दै पनि उहाँले देश बनाउनुहुन्छ भनेर आफूले मानिदिएको ढकालले बताउनुभएको छ ।

'२ वर्षदेखि सभापतिको कुरासाई किन गलत भनिनस् भनेर सोधिन्छ,' उहाँले लेख्नुभएको छ, 'मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ । कति कुरा गलत लाग्दा लाग्दै मानिदिएँ, केन्द्रीय समितिको बैठकमा केहि कुरा पेलेरै लागु गरिदिएँ । पेल्ने मान्छे म थिएँ, वा म केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडी अरु कोही थियो , त्यो आजको बैठकले छर्लङ्ग भएको छ ।' 

सम्बन्धित समाचार :

रास्वपाले गर्‍यो महामन्त्री मुकुल ढकाललाई निलम्बन

राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक विवाद छताछुल्ल

रास्वपा महामन्त्री ढकालको प्रतिवेदन- रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं (पूर्णपाठ)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement