लाइभ नगर्ने रास्वपाको निर्णयप्रति विरोध जनाउँदै महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी

असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
लाइभ नगर्ने रास्वपाको निर्णयप्रति विरोध जनाउँदै महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बसिरहेको छ । रास्वपाको केन्द्रीय समितिको बैठक लाइभ नगर्ने निर्णयप्रति महामन्त्री ढकालले असन्तुष्टि जनाउनु भएको छ । लाइभ नगर्ने निर्णयविरुद्ध आफू मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी भएको ढकालले बताउनुभएको छ ।

बिहान साढे आठ बजे सुरु भएको महामन्त्री मुकुल ढकालको प्रतिवेदन र बदलिँदो राजनीतिक परिस्थितबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन् । महामन्त्री ढकालले ३८ जिल्ला पुगेर तयार पारेको समीक्षा प्रतिवेदन गत साता सभापति रवि लामिछानेलाई बुझाउनु भएको थियो ।

ढकालले बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने उल्लेख छ । प्रतिवेदनका बारेमा सावर्जनिक अभिव्यक्ति दिएको भन्दै रास्वपाले ढकाललाई स्पष्टीकरणसमेत सोधिसकेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.