रास्वपा महामन्त्री ढकालको प्रतिवेदन- रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं (पूर्णपाठ)

असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
रास्वपा महामन्त्री ढकालको प्रतिवेदन- रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले आफ्नो पार्टीलाई रविको पार्टी नभई राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन आग्रह गर्नुभएको छ । 

ढकालले आज केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्नुभएको समीक्षा प्रतिवेदनमा आधारित प्रस्तावमा यस्तो आग्रह गर्नुभएको हो । 

उहाँले सभापतिलाई अन्य दलसँग मिलेकामा ब्यंग्य गर्दै 'झिँगासँग उडियो भने गूमा पुगिन्छ' भन्दै मौरीसँग उड्न आग्रह समेत गर्नुभएको छ । महामन्त्री ढकालले यसअघि ३८ जिल्ला पुगेर तयार पारेको समीक्षा प्रतिवेदन गत साता सभापति रवि लामिछानेलाई बुझाउनु भएको थियो ।

ढकालले बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने उल्लेख छ । प्रतिवेदनका बारेमा सावर्जनिक अभिव्यक्ति दिएको भन्दै रास्वपाले ढकाललाई स्पष्टीकरणसमेत सोधिसकेको छ । महामन्त्री ढकालले केन्द्रीय समिति बैठकमा आफ्नो प्रतिवेदनमाथिको छलफल प्रत्यक्ष प्रसारणको माग गर्नु भएको थियो । प्रत्यक्ष प्रसारण नगर्ने सभापति लामिछानेको निर्णयप्रति विरोध जनाउँदै ढकाल विरोधस्वरुप आजको बैठकमा मुखमा कालोपट्टी बाँधेर उपस्थित हुनुभएको छ ।

यस्तो छ महामन्त्री ढकालले  सभापति रवि लामिछाने समक्ष पेस गरेको समीक्षा प्रतिवेदनमाथि आज प्रस्तुत प्रतिवेदनको पूर्णपाठ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.