संसद्‍मा प्रतिपक्षीको नाराबाजी, प्रधानमन्त्री भन्नुहुन्छ- बजेटअघि नै सहमति खोज्छु

जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसद्‍मा प्रतिपक्षीको नाराबाजी, प्रधानमन्त्री भन्नुहुन्छ- बजेटअघि नै सहमति खोज्छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‍मा बजेट पेस हुनुअघिसम्म राजनीतिक दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीकै बीच सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमाथि जवाफ दिँदै प्रधानमन्त्री दाहालले संसदीय छानबिन समितिको कार्यादेशमा लचकता अपनाउन सबैलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सदनको गतिरोध अन्त्यका लागि आफूले प्रयास गरिरहेको पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले सदनमा देखिएको गतिरोधको अवस्थाले आफूलाई नमज्जा लागेको र यो स्थितिको छिटै अन्त्य गर्नुपर्ने पनि बताउनुभयो ।

यो पनि...

आगामी आर्थिक वर्षको बजेट पर्सि आउने

नाराबाजीकै बीच प्रधानमन्त्री दाहालद्वारा वार्षिक नीतिमाथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेस

कांग्रेसको नाराबाजीकै बीच सरकारको नीति तथा कार्यक्रम पारित

गृहमन्त्री लामिछानेलाई ज्ञानेन्द्र शाहीको प्रश्न-मुटु कमाएको हो ?

नीति तथा कार्यक्रमले दिगो विकासको लक्ष्यलाई पछ्याउने कोसिस गरेको छ : विष्णु पौडेल

प्रतिनिधसभा बैठकमा आज पनि कांग्रेसको अवरोध


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.