नीति तथा कार्यक्रमले दिगो विकासको लक्ष्यलाई पछ्याउने कोसिस गरेको छ : विष्णु पौडेल

जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
नीति तथा कार्यक्रमले दिगो विकासको लक्ष्यलाई पछ्याउने कोसिस गरेको छ : विष्णु पौडेल

काठमाडौं । एमाले सांसद विष्णु पौडेले सरकारले ल्याएको नीति तथा कार्यक्रमले दिगो विकासको लक्ष्यलाई पछ्याउने कोसिस गरेको बताउनुभएको छ । प्रतिनिधिसभको आजको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै यस्तो बताउनुभएको हो ।

'नीति तथा कार्यक्रम राम्रो छ । समर्थन योग्य छ । यो नीति तथा कार्यक्रमले दिगो विकासको लक्ष्यलाई पछ्याउने कोसिस गरेको छ,' उहाँले भन्नुभयो ।

सांसद पौडेलले प्रतिपक्षीलाई वेल घेराउ गर्नुभन्दा ताली बजाएर समर्थन गर्न आग्रह समेत आग्रह गर्नुभयो ।

नीति तथा कार्यक्रमले गठबन्धनको साझा कार्यक्रमलाई समेटेको समेत उहाँले बताउनुभयो । यस्तै आम नागरिकमा पैदा भएको निराशालाई चिर्ने र आशा जगाउने गरी नीति तथा कार्यक्रम आएको उहाँको भनाइ छ । प्रतिनिधसभाको आजको बैठकमा प्रतिपक्षी दलको नाराबाजीकैबीच सरकारको वार्षिक नीतिमाथिको छलफल चलिरहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.