कांग्रेसको नाराबाजीकै बीच सरकारको नीति तथा कार्यक्रम पारित

अर्को बैठक जेठ १५ गते बस्ने
जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसको नाराबाजीकै बीच सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । कांग्रेसको नाराबाजीकैबीच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बैठकबाट पारित भएको छ । सहकारी ठगीमा प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनु पर्ने माग राख्दै आजको बैठकमा पनि कांग्रसले अवरोध कायमै राखेको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहालले वार्षिक नीतिमाथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको छ । त्यसपछि नीति तथा कार्यक्रममा छलफल गरिएको थियो । नीति तथा कार्यक्रम पारित भएपछि सभामुख देवराज घिमिरेले आजको कार्यसूचीमा रहेका अन्य कार्यक्रम हटाएर आजको बैठक स्थगित गर्नुभएको छ । 

 आगामी जेठ १५ गते दिउँसो १ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्नेगरी आजको बैठक स्थगित भएको हो । कांग्रेसले सहकारीको रकम अपलचनमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.