प्रतिनिधसभा बैठकमा आज पनि कांग्रेसको अवरोध

जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधसभा बैठकमा आज पनि कांग्रेसको अवरोध

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधसभाको बैठकमा आज पनि अवरोध जनाएको छ । बैठकको सुरुमा विपक्षी दलले उभिएपछि सभामुख देवराज घिमिरेले विपक्षी दलको तर्फबाट राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई बोल्न दिनुभएको थियो । 

शाहीले गृहमन्त्री रवि लामिछानेलाई 'छानबिन समिति बनाउहोस्, निर्दोष भए फेरि आउनुहोला' भन्दै अनुरोध गर्नुभएको थियो । 

त्यसपछि सभामुख घिमिरेले कार्यसूचीमा हेरफेर गरेको भन्दै अर्थमन्त्री वर्षमान पुनलाई बोल्न दिएपछि प्रतिपक्षीले नाराबाजी सुरु गरेका हुन् । कांग्रेसले सहकारीको रकम अपलचनमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राख्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.