नाराबाजीकै बीच प्रधानमन्त्री दाहालद्वारा वार्षिक नीतिमाथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेस

जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
नाराबाजीकै बीच प्रधानमन्त्री दाहालद्वारा वार्षिक नीतिमाथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेस

काठमाडौं । प्रतिनिधसभाको आजको बैठकमा प्रतिपक्षी दलको अवरोधकैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले वार्षिक नीतिमाथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधसभाको बैठकमा आज पनि अवरोध जनाएको हो ।

कांग्रेसले सहकारीको रकम अपलचनमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राख्दै आएको छ ।आजको बैठकमा पनि सहकारी पीडितलाई न्याय माग्दै कांग्रलेले नाराबाजी गरिरहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.