तीनवटै पद गुमाएका लामिछानेले भने, 'अब म अनागरिकलाई के प्रश्न सोध्नु हुन्छ ?'

माघ १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
तीनवटै पद गुमाएका लामिछानेले भने, 'अब म अनागरिकलाई के प्रश्न सोध्नु हुन्छ ?'

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेविरुद्ध फैसला गरेसँगै तीनवटै पद गुमाएका उनी गृह मन्त्रालयबाट बाहिरिएका छन् ।

मन्त्रालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राखेका जिज्ञासामा उनले यतिखेर आफू अनागरिक भएको बताउँदै भने, 'अब म अनागरिकलाई के प्रश्न सोध्नु हुन्छ ?' अनागरिकले यसपछि गर्छ, केही नबुझेको उनले प्रतिक्रिया दिए ।

गृह मन्त्रालयबाट निजी गाडीमा निस्किए रवि लामिछाने

लामिछानेले अब आफू राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि नरहेको प्रतिक्रिया दिँदै सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको जानकारी दिए ।

सर्वोच्चको यस फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री, प्रतिनिधिसभा सदस्य र पार्टी सभापति तीनै पद गुमाएका छन् । अदालतको फैसला पछि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।

सम्बन्धित समाचार...

रवि लामिछानेको नागरिकता विवाद (टाइमलाइन)

गृह मन्त्रालयबाट निजी गाडीमा निस्किए रवि लामिछाने

सर्वोच्चको फैसला : रवि लामिछानेको सांसद पद खारेज

यस्तो छ रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्चको आदेश

रवि लामिछानेको नागरिकता विवाद (टाइमलाइन)

ओलीले भने, 'रवि लामिछानेको पार्टी, अमेरिकाको फ्रिडम पार्टीको नक्कल हो'

रवि लामिछानेले विदेशी नागरिकता त्यागेको ‘निस्सा’ अमेरिकालाई सोध्ने कि काठमाडौंमै खोज्ने ?

गृहमन्त्री बनेर रवि लामिछानेले राजनीतिक नैतिकता देखाएनन् : नेपाल विवेकशील पार्टी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.