गृह मन्त्रालयबाट निजी गाडीमा निस्किए रवि लामिछाने

माघ १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
गृह मन्त्रालयबाट निजी गाडीमा निस्किए रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने निजी गाडीमा चढेर गृह मन्त्रालयबाट बाहिरिएका छन् । सर्वोच्च अदालतले शुक्रबार सांसद पद खारेज गरिदिएसँगै दिनभर गृह मन्त्रालयमै रहेका लामिछाने निजी गाडी चढेर मन्त्रालयबाट बाहिरिएका हुन् ।

सर्वोच्चको संवैधानिक इजलासको फैसलामा लामिछानेले नेपाली नागरिकता लिने प्रक्रिया नथालेको उल्लेख छ । उनी चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

सर्वोच्चको फैसला : रवि लामिछानेको सांसद पद खारेज

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएपछि लामिछानेले छोटो समयमा प्राप्त गरेको राजनीतिक उचाइमा धक्का लागेको छ । 

सम्बन्धित समाचार...

रवि लामिछानेको नागरिकता विवाद (टाइमलाइन)

सर्वोच्चको फैसला : रवि लामिछानेको सांसद पद खारेज


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.