यस्तो छ रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्चको आदेश

माघ १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
यस्तो छ रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सांसद रवि लामिछानेको पद खारेज गर्ने निर्णय गरेको छ । चितवन २ बाट निर्वाचित लामिछानेको सांसद पद सर्वोच्चको संवैधानिक इजलासले आज (शुक्रबार) खारेज गरिदिएको हो ।

सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ पछि आउने भन्दै ४ पृष्ठमा आफ्नो निर्णय सार्वजनिक गरेको छ । अदालतको आदेशमा रविले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने बेलामा प्रक्रिया पूरा नगरेको उल्लेख छ । आदेशमा भनिएको छ, ‘रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत् जानकारी सम्बन्धित अधिकारी (प्रमुख जिल्ला अधिकारी) लाई दिएको तथा नेपालको नागरिकता ऐन २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ वमोजिम तोकिएको प्रक्रिया वमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन दिई प्रक्रिया पूरा गरेको भन्ने देखिँदैन । उपरोक्त अनुसारको प्रक्रिया अपनाएको भन्नेसमेत प्रत्यर्थीले जिकिर लिएको पाइएन ।’

सांसदको उम्मेदवार बन्नसमेत योग्यता नपुगेको ठहर गर्दै अदालतको आदेशमा भनिएको छ, ‘यस अवस्थाका व्यक्तिलाई नेपालको संविधानको धारा ८७(१) तथा प्रतिनिधिसधा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को प्रयोजनका लागि उम्मदेवार बन्न योग्यता पुगेको मान्न मिलेन । प्रत्यर्थी रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवतरुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन ।’

लामिछानेले चुनाव जितेर प्राप्त गरेको सांसद पद खारेज हुने निर्णय सुनाउँदै आदालतको आदेशमा भनिएको छ, ‘निजले चितवन जिल्ला, निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मदेवार हुन पाउने अवस्था नरहेकोमा उम्मदेवार भई निर्वाचित समेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने लगायतका काम कारवाही नेपालको संविधान धारा १३३ को उपधारा २, ३ तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ ।’

आदेशको पूर्ण पाठ...

सम्बन्धित समाचार...

रवि लामिछानेको नागरिकता विवाद (टाइमलाइन)

गृह मन्त्रालयबाट निजी गाडीमा निस्किए रवि लामिछाने

सर्वोच्चको फैसला : रवि लामिछानेको सांसद पद खारेज

रवि लामिछानेको नागरिकता विवाद (टाइमलाइन)

ओलीले भने, 'रवि लामिछानेको पार्टी, अमेरिकाको फ्रिडम पार्टीको नक्कल हो'

रवि लामिछानेले विदेशी नागरिकता त्यागेको ‘निस्सा’ अमेरिकालाई सोध्ने कि काठमाडौंमै खोज्ने ?

गृहमन्त्री बनेर रवि लामिछानेले राजनीतिक नैतिकता देखाएनन् : नेपाल विवेकशील पार्टी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.