बजेटका विशेषता : गाँजाखेतीदेखि ढुंगागिटी निर्यातसम्म (बुँदामा)

जेष्ठ १५, २०८० |कान्तिपुर टीभी संवाददाता
बजेटका विशेषता : गाँजाखेतीदेखि ढुंगागिटी निर्यातसम्म (बुँदामा)

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा रहेको मुख्य विशेषताहरु यस्ता छन् :

– घरजग्गा कारोबार र कित्ताकाट खुल्ला ।

–प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनसंरचना गरिने । ५ अर्ब ९४ करोड विनियोजन । प्रधानमन्त्री कृषि आधुनिकीकरणलाई ३ अर्ब २२ करोड ।

– पर्यटनमा २ अर्ब ५८ करोड बजेट वृद्धि । ११ अर्ब ९६ करोड विनियोजन । सन् २०२३ देखि २०३२ सम्म पर्यटक दशक मनाइने ।

– गौतमबुद्ध र पोखरा विमानस्थलमा उडान भर्ने कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ शुल्क छुट दिइने । दुर्गममा उडान भर्ने कम्पनीले सहुलियत पाउने । निजगढ विमानस्थल निर्माण थालिने । नेपाल  वायु सेवा नियमको पुनसंरचना गरिने । नागरिक उड्डयन प्राधिकरणलाई स्वायत्त निकाय बनाइने । ८ विमानस्थलको स्तरोन्नति गरिने ।

– बालबालिकाको दिवा खाजा स्तरीय बनाइने । दिवा खाजामा जंक फुड दिन नपाइने । ८ अर्ब ४५ करोड विनियोजन ।

– पूर्वाधारमा लगानीका लागि पूर्वाधार फण्ड बनाइने भएको छ । हरित फण्ड, उर्जा बण्ड ।

– स्रोत नभएका आयोजना खारेज । ६ महिनामा ठेक्का नलागे आयोजना खारेज गरिने ।

–वृद्धभत्ता मासिक ४ हजार कायमै । कोखदेखि शोकसम्म सामाजिक सुरक्षाको विस्तार गरिने । गत वर्षको भन्दा २३ अर्ब बढी विनियोजन । नवजात शिशुका लागि मिल्क बैंक स्थापना गरिने ।

– स्वदेशी सिमेन्डको लगानी बढाउन पक्की सडक बनाउँदा ढलान गरिने ।

– गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने ।

– शिक्षा विषय नपढेकाले पनि अध्यापन अनुमति पत्रको परीक्षा दिन पाउने । शिक्षा, विज्ञान र प्रविधिमा करिब २ खर्ब विनियोजन ।

– स्वास्थ्यको बजेट १४ अर्ब बढ्यो । टेकु अस्पताल ३०० शैयामा विस्तार गरिने ।

– ९८ प्रकारका औषधि र खोप निशुल्क ।

– वीर अस्पतालको बर्न युनिटलाई बर्न सेन्टर बनाई आगोबाट जलेकाहरुको सहज उपचार गरिने ।

– २५ लाख रुपैयाँसम्मका सहायक राजमार्गको निर्माण प्रदेश सरकारबाटै गरिने ।

– सूचना प्रविधिमा विदेशी लगानीमा लाग्दै आएको सीमा हटाइयो ।

– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेट करिब १ अर्ब घटाएर ८ अर्ब ८ करोडमा झारिएको छ ।

– हिमालको पानी निर्यात गर्ने । ढुंगा गिटी बालुवासमेत निर्यात गर्ने ।

– यस वर्ष ११० स्थानीय तहका २५ हजार भूमिहीनलाई जग्गा धनी प्रमाणपूर्जा बाँडिने ।

– वृद्धभत्ता मासिक ४ हजार यथावत रहने । अन्य सामाजिक सुरक्षाका कार्यक्रमलाई पनि निरन्तरता ।

– सहकारी संस्थालाई नियमन गरी कार्यक्षेत्र र भूगोल तोकिने । अवप्रवर्तन व्यवसायका लागि १ अर्ब २५ करोड विनियोजन ।

– हुम्ला जिल्लालाई सडक सञ्जालमा जोडिने ।

– पाँच स्थानका तरकारी बजारमा विषदी परीक्षण प्रयोगशाला घोषणा गरिने ।

– त्रिवि क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय स्तरको बनाइने । मूलपानीको मैदान निर्माण पूरा गर्ने । बिराटनगरमा गिरिजाप्रसाद र काठमाडौंमा सुवर्ण समशेर रंगशाला बनाइने ।

– फास्ट ट्रयाकका लागि २२ अर्ब ५० करोड विनियोजन ।

थप...

स्वरोजगार बन्न चाहने खेलाडीलाई कर्जा दिइने, त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने
सरकारका प्राथमिकता : विकास निर्माण आयोजना गतिशीलदेखि कृषिमा लगानी वृद्धि
ज्येष्ठ नागरिक भत्ता यथावत
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड विनियोजन
प्रदेश र स्थानीय तहले कति पाए बजेट ?
अर्थतन्त्रको ओरालो सूचक : खर्चभन्दा आम्दानी कम, न राजस्व उठ्यो, न वैदेशिक सहायता
कम्पनी दर्तामा कुनै पनि शुल्क नलाग्ने
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
बाँझो र उपभोगविहीन जमिनको उपभोग गर्न ७ अर्ब विनियोजन


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.