
काठमाडौं । हङकङको एक अपार्टमेन्टमा आगलागीमा परी मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ ।
७९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र दुईसय जना अझै बेपत्ता रहेका छन् । डढेका शव पहिचान गर्न समस्या भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । अपार्टमेन्ट मर्मतको काम गरिरहेका दुई जना इन्डोनेसियाली कामदारको मृत्यु भएको छ ।
केही इन्डोनेसियाली र फिलिपिन्सका कामदारका अझै बेपत्ता छन् । अपार्टमेन्ट मर्मत सम्भारको जिम्मेवारी लिने तीन जनालाई प्रक्राउ गरिएको स्थानीय प्रहरीले बताएको छ । शक्रबारदेखि प्रहरीले जलेको अपार्टमेन्टभित्र पसेर विस्तृत अनुसन्धान थालेको छ । बुधवारदेखि लागेको आगो नियन्त्रणमा ल्याउन २३ सयभन्दा बढी दमकल खटिएका थिए ।
अहिलेसम्म पनि आगलागीको कारण खुल्न सकेको छैन । अपार्टमेन्टमा बसिरहेकाले फायर अर्लाम नै नबजेको बताएका छन् ।