.png&w=1000&height=550)
काठमाडौं । एनपीएलको शक्रबारको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई तीन विकेटले हराएको छ।
पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट मात्रै गुमाएर एक सय ६० रन बनाएको थियो। एक सय ६१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको विराटनगरले एक बल बाँकी रहँदा सात विकेट गुमाएर लक्ष्य हाासिल गरेको हो। रोमाञ्चक खेलको डेथ ओभरमा विराटनगका तल्लो क्रमका ब्याटरले कर्णालीका बालरको दबाबबीच जित निकालेको हो। यो खेलमा बसिर अहमदले उत्कृष्ट इनिङ खेलेका छन्।
टीयू क्रिकेट स्टेडियममा ओपनर मार्क वाट ६ रनमा नै आउट भए पनि कर्णालीका अन्य सबै ब्याटरले उत्कृष्ट प्रदर्शन गरे। स्ट्रइक रेटमा विलियम बोसिस्टो कमजोर देखिएको भए पनि अर्को एजबाट सबै ब्याटरले राम्रो प्रदर्शन गरेपछि कर्णालीले इनिङभरी कन्सिस्टेन्ट प्रदर्शन गर्न सकेको हो।
ओपनर प्रियांक पञ्चालले बोसिस्टोसाग मिलेर ९६ रनको ठूलो साझेदारी गरे। १६ ओभर तीन बलमा प्रियांक ६३ रन बनाएको अवस्थामा रनआउट भए। उनले ६ चौका र दुई छक्का प्रहार गरे। त्यसैगरी गुल्सन झाले पनि १० बलमा २० रनको क्यामियो पारी खेले। बोसिस्टो अर्धशतक बनाउनबाट दुई रनले मात्रै चुके। उनले बाउन्ड्री प्रहार गर्न नसक्दा उनको ब्याटिङ भने सुस्ता देखियो। नजिबुल्लाह जद्रान १२ रनमा अविजित रहे।
विराटनगरका सन्दीप लामिछाने र मार्चेन्ट डि ल्याङ्गेले समान एक-एक विकेट लिएका थिए। जवाफमा विराटनगरले फितलो सुरूआत गर्यो। लोकेश बम ६ र जर्ज मुन्जी शून्यमा आउट भए। साम हेजलेटले पनि १६ रन मात्रै बनाउन सके। तीन विकेट गुमाउादा २९ रन मात्रै बनाएको कमजोर अवस्थामा पुगेपछि विराटनगरलाई कमब्याकको आवश्यकता थियो।
साहिल पटेलले टिक्ने प्रयास गरे पनि ठूलो इनिङमा कन्भर्जन गर्न सकेनन्। तर पाँचौ नम्बरका बसिर अहमद र सातौं नम्बरका नारायण जोशीले ६९ रनको साझेदारी गरेर विराटनगरलाई कमब्याक गराएका हुन्। हारतर्फ उन्मुख देखिएको विराटनगरका लागि यो साझेदारीले जिवन दिएको हो। खेलमा बसिर अहमद ६२ रनमा अविजित रहे। उनले तीन चौका र तीन छक्का प्रहार गरेका थिए।
मार्की तथा कप्तान सोमपाल कामी र गुल्सन झाले समान दुई-दुई विकेट लिए पनि कर्णालीको हार टार्न सकेनन्। पवन सर्राफ, नन्दन यादव र बोसिस्टोले समान एक-एक विकेट लिएर विराटनगरलाई दबाबमा राख्ने प्रयास गरेका थिए। आजको जितसँगै पाँच खेलबाट ८ अंक बनाएको विराटनगर प्ले अफको नजिकै पुगेको छ। उसले शीर्षस्थानको सदूरपश्चिम रोयल्ससँग अंक बराबरी गरेको छ।