कम्पनी दर्तामा कुनै पनि शुल्क नलाग्ने

जेष्ठ १५, २०८० |कान्तिपुर टीभी संवाददाता
कम्पनी दर्तामा कुनै पनि शुल्क नलाग्ने

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले कम्पनी दर्तामा कुनै पनि शुल्क नलाग्ने घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा उनले यस्तो घोषणा गरेका हुन् । मुलुकमा उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धन गर्न ‘स्टार्टअप इकोसिस्टम’ विकास गरिने पनि उनले जनाए ।

अर्थमन्त्री महतले नयाँ कम्पनी दर्ता गरिँदा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क वा दस्तुर नलाग्ने व्यवस्था मिलाइने बताए । ‘नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धी गर्दा सुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क र दस्तुर नलाग्ने व्यवस्था मिलाइने छ ,’ उनले भने ।

उनले न्यूनतम १०० रूपैँया मात्र अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्नसक्ने कानुनी व्यवस्था गरिनेसमेत बताए । अनलाइबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइने पनि मन्त्री महतले घोषणा गरे ।

थप...

अर्थतन्त्रको ओरालो सूचक : खर्चभन्दा आम्दानी कम, न राजस्व उठ्यो, न वैदेशिक सहायता
आर्थिक वर्ष ०८०/८१ को आयव्ययको विवरण : यी हुन् सरकारका प्राथमिकता
सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गरिने
पुराना तथा प्रयोगविहीन सरकारी गाडी ६ महिना भित्र लिलाम गरिने


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.