स्वरोजगार बन्न चाहने खेलाडीलाई कर्जा दिइने, त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

जेष्ठ १५, २०८० |कान्तिपुर टीभी संवाददाता
स्वरोजगार बन्न चाहने खेलाडीलाई कर्जा दिइने, त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/०८१ लाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षका रुपमा मनाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जनाएका हुन् । उनले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलीयतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरेको जनाए ।

उनले राष्ट्रिय युवा परिषद्‌मार्फत विकास निर्माण तथा समाजसेवा युवा स्वयंसेवक परिचालन गरिने जनाए। उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशालाको रुपमा विकास गरिने उल्लेख गरे ।

यस्तै, अर्थमन्त्री महतले प्रस्तुत गरेको बजेटमा मुलपानी क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्ने, विराटनगरको गिरिजाप्रसाद क्रिकेट स्टेडियम, बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फप्ला क्रिकेट रंगशाला र काठमाडौंको सुवर्ण समशेर क्रिकेट रंगशालाको निर्माण कार्य अघि बढाउन बजेट व्यवस्थापन गरेको उल्लेख छ। उनले निर्माणाधीन, धनगढी, इटहरी, पोखरा र नेपालगञ्जको रंगशालाको प्रदेश कभर्ड हल निर्माणका लागि बजेट व्यवस्था गरेको जनाए । उनले १९ औं दक्षिण एशियाली खेलकुद र १० औँ राष्ट्रिय खेलकुदको तयारीका लागि खेलाडीलाई आवश्यक प्रशिक्षण दिन बजेट व्यवस्था गरेको पनि जनाए ।

‘आर्थिक वर्ष २०८०/०८१ लाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षका रुपमा मनाइने छ । खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलीयतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरेको छु । राष्ट्रिय युवा परिषद्मार्फत विकास निर्माण तथा समाजसेवा युवा स्वयंसेवक परिचालन गरिनेछ, उनले भने, ‘त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तर क्रिकेट रंगशालाको रुपमा विकास गरिनेछ । यस रंगशालामा फ्लड लाइट राख्ने कार्य सम्पन्न गरिनेछ । 

थप...

सरकारका प्राथमिकता : विकास निर्माण आयोजना गतिशीलदेखि कृषिमा लगानी वृद्धि
ज्येष्ठ नागरिक भत्ता यथावत
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड विनियोजन
प्रदेश र स्थानीय तहले कति पाए बजेट ?
अर्थतन्त्रको ओरालो सूचक : खर्चभन्दा आम्दानी कम, न राजस्व उठ्यो, न वैदेशिक सहायता
कम्पनी दर्तामा कुनै पनि शुल्क नलाग्ने
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
बाँझो र उपभोगविहीन जमिनको उपभोग गर्न ७ अर्ब विनियोजन


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.