एएफसी यू-१७ एसियन कप छनोट सम्पन्न, नेपालकाे जितविहिन यात्रा

मंसिर १२, २०८२ |खेल ब्युरो
एएफसी यू-१७ एसियन कप छनोट सम्पन्न, नेपालकाे जितविहिन यात्रा

काठमाडौं । नेपालले जितविहिन बन्दै एएफसी यू-१७ एसियन कप छनोट सम्पन्न गरेको छ। 

शुक्रबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग पराजित भएसँगै नेपालले निराशाजनक प्रदर्शनका साथ प्रतियोगिता समाप्त गरेको हो। म्यानमारको याङ्गुनस्थित थुवुन्ना रंगशालामा खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू भएको खेलमा नेपालले राम्रो प्रदर्शन गर्न सकेन्। 

नेपाललाई २-० ले हराउनले क्रममा अफगानिस्तानले राम्रो प्रदर्शन गर्यो। खेलको २४औं मिनेटमा अली खानको गोलबाट अग्रता लिएका अफगानिस्तान पहिलो हाफसम्ममा १-०ले अघि थियो। दोस्रो हाफको ६७औं मिनेटमा नेपालले अर्को गोल ब्यहोर्यो।समूह 'जी'अन्तर्गत यसअघि नेपालले सिरियासँग ४-२, म्यानमारसँग ४-० र ओमानसाग ५-० को हार बेहोरेको थियो । 

नेपालका लागि सिरियाविरूद्ध दुबै गोल निसकुमार श्रेष्ठले गरेका थिए । अफगानिस्तान सिरिया र म्यानमार दुबैसँग ३-१ ले पराजित भएको थियो ।