बाँझो र उपभोगविहीन जमिनको उपभोग गर्न ७ अर्ब विनियोजन

जेष्ठ १५, २०८० |कान्तिपुर टीभी संवाददाता
बाँझो र उपभोगविहीन जमिनको उपभोग गर्न ७ अर्ब विनियोजन

काठमाडौं । सरकारले बाँझो र उपभोगविहीन जमिनको उपभोग गर्न ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आव ०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो जनाएका हुन् ।

उनले गौरवका आयोजना आत्मनिर्भर अर्थतन्त्रको आधार स्वदेशमै उत्पादन रोजगार भन्ने नाराका साथ स्थानीय आर्थिक सम्भावनाका आधारमा उत्पादन र रोजगारीका अवसर र वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सबै स्थानीय तहमा राष्ट्रिय उत्पादन र रोजगारी प्रवर्तन कार्यक्रम सञ्चालन गरिने जनाए ।

यस कार्यक्रमलाई मूलत: कृषिको व्यावसायीकरण लघुवित्त साना उद्योग प्रवर्तन र सूचना प्रविधि तथा पर्यटक क्षेत्रको विकासमा केन्द्रित गरिनेछ। उनले बाँझो र उपभोगविहीन जमिनको उपभोग गर्न प्रोत्साहित गर्न स्थानीय तहसगँको समन्वय र सहकार्यमा सञ्चालन गर्न यस कार्यक्रमको निर्देशिका साउन महिनाभित्र तर्जुमा गर्न सात अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।

सरकारको कुल पुँजीगत बजेटको १ प्रतिशत बजेट अनुसन्धान नवप्रवर्तन र आविष्कारको क्षेत्रमा खर्च गर्ने नीति लिएको छ । यसका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब रुपैयाँ विनियोजन गरेको छ । कोष सञ्चालनका गर्न आवश्यक कानुन तर्जुमा गरिनेछ । सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान नवप्रवर्तन र आविष्कारको कार्यक्रमलाई यसमा आबद्ध गर्दै लैजानेसमेत सरकारले जनाएको छ ।

थप...

स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब र ससर्त अनुदान २ खर्ब २७ अर्ब
जीडीपीमा कृषि क्षेत्रको योगदान घटिरहेका बेला अर्थमन्त्रीले ल्याए दर्जनौँ नयाँ कार्यक्रम
स्रोत-साधन छर्ने प्रवृत्तिमा रोक लगाइनेछ : अर्थमन्त्री
अर्थमन्त्रीको दाबी- बजेटले लगानीमैत्री वातावरण निर्माण गर्छ
अर्थमन्त्रीले भने- वैदेशिक सहायता अपेक्षाभन्दा कम, आयोजना कार्यान्वयन कमजोर हुँदा सहायता आएन
राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.