सुर्खेत । देशमा राजनीतिक उथलपुथल ल्याएको जेन-जी आन्दोलनको प्रभावको संकेतहरू कर्णाली प्रदेशमा देखिन थालेको छ।
पुराना राजनीतिक दलका नेतादेखि सेवा प्रदायक निकायसम्मलाई युवाहरूको खबरदारी र निगरानीले केही हदसम्म सचेत बनाएको छ । जनप्रतिनिधिदेखि कर्मचारीसम्मलाई छिटो र छरितोगरी सेवा प्रवाह गर्नुपर्छ र नागरिकको सर्वोपरी हितमा लाग्नुपर्छ भन्ने भावनाको जागृत गराएको छ ।
आन्दोलन सकिए पनि जेन-जीहरूले सेवाग्राहीको भिडभाड हुने सरकारी निकायमा हुने ढिलासुस्ती र गुणस्तरिय सेवाका सन्दर्भमा प्रश्न गर्ने छोडेका छैनन् । जनप्रतिनिधिको कामकाज, विकास परियोजनाको स्थिति र सेवा प्रवाहको गुणस्तरबारे निरन्तर प्रश्न गरेपनि अपेक्षा गरेअनुसार सुधार आउन सकेको छैन ।
सार्वजनिक निकायमा हुने ढिला-सुस्तीको अन्त्य र शासन प्रणालीमा सुधार ल्याउन सकेमात्र आन्दोनले सार्थकता पाउने छ । राजनीतिक दलका पुरानै प्रवृत्ति सार्वजनिक निकायमा मौलाएको गलत अभ्यासका बिरूद्धमा प्रमाणसहित विभिन्न सामाजिक सञ्जालमा प्रश्न र उजुरी गर्ने जेनजीहरुको अभ्यासले सम्बन्धित निकायलाई परिवर्तनको पक्षमा अग्रसर गराएको छ ।
युवाहरूको खबरदारीका कारण शासक र प्रशासकहरूलाई नागरिकप्रति उत्तरदायी बन्न बाध्य पारेको छैन लोकतान्त्रिक संस्कृतिको प्रश्रय दिएको छ ।