चौतारा साँगाचोकगढी नगरपालिकामा भैँसीको सफल शल्यक्रिया

मंसिर १२, २०८२ |कमला पाख्रिन
चौतारा साँगाचोकगढी नगरपालिकामा भैँसीको सफल शल्यक्रिया

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका-४ कुबिण्डेमा भैँसीको सफल शल्यक्रिया गरिएको छ।

नगरपालिकाको पशु सेवा शाखाको प्राविधिक टोलीले किसान केशव सापकोटाको गोठमै पुगेर भैसीको पेटभित्र रहेको दाम्लो शल्यक्रिया गरी निकालिएको हो । पशु सेवा शाखाका प्राविधिक रविन्द्र सापकोटाकाअनुसार २० दिन अघिदेखि भैँसीको स्वास्थ्यमा समस्या देखिएपछि गरिएको परीक्षणमा पेटभित्र दाम्लो पसेको पुष्टि भएको थियो।

तत्कालै गोठमै आवश्यक तयारीपछि शल्यक्रिया गरी दाम्लो बाहिर निकालेको उहाँले बताउनुभयाे। शल्यक्रियापछि भैँसीको स्वास्थ्य अवस्था सामान्य रहेको र थप हेरचाह तथा औषधोपचारको व्यवस्था गरिएको पशु सेवा शाखाले जनाएको छ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।