आर्थिक वर्ष ०८०/८१ को आयव्ययको विवरण : यी हुन् सरकारका प्राथमिकता

जेष्ठ १५, २०८० |कान्तिपुर टीभी संवाददाता
आर्थिक वर्ष ०८०/८१ को आयव्ययको विवरण : यी हुन् सरकारका प्राथमिकता

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारका प्राथमिकताहरु सार्वजनिक गरेका छन् । उनले सरकारका लागि नयाँ सवारीसाधन नकिन्ने घोषणा गरेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आव ०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो जनाएका हुन् । उनले अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाइएको जानकारी दिए ।

उनका अनुसार सरकारका प्राथमिकतामा कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरु रहेको पनि जानकारी दिए । उनले निर्माण क्षेत्रका अवरोध न्यूनीकरण प्राथमिकतामा राखेको पनि जानकारी दिए । यस्तै सरकारले चालु आर्थिक वर्षको बजेटको लक्ष्य पुन: संशोधन, खर्च र राजस्वको अनुमान घटाएको छ । यसैगरी अर्थमन्त्री महतले बजेट सुधारका लागि इमानदार प्रयास गरेको दाबी पनि गरे ।

उनले ९ महिनाभित्र ठेक्का सम्झौता नभए सहमति स्वतः रद्द हुने जनाएका छन् । संसद्‌मा बजेट प्रस्तुत गर्दै उनले निजी क्षेत्रको मनोबल बढाउन सरकार गम्भीर रहने पनि जानकारी दिए । उनका अनुसार व्यवसायको लागत घटाइनेछ ।

यस्तै अर्थमन्त्री महतले आर्थिक सुधारका लागि निजी क्षेत्रको प्रवर्द्धन गरिने जानकारी दिए । 

थप...

अर्थतन्त्रको ओरालो सूचक : खर्चभन्दा आम्दानी कम, न राजस्व उठ्यो, न वैदेशिक सहायता
सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गरिने
पुराना तथा प्रयोगविहीन सरकारी गाडी ६ महिना भित्र लिलाम गरिने
‘१ अर्ब विनियोजन भएका कार्यक्रमको अनुगमन समिति बनाइनेछ’
आर्थिक रूपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गरिने
वैदेशिक सहायता उत्पादनशील क्षेत्रमा लगाइनेछ : अर्थमन्त्री महत
बजेट कार्यान्वयन कार्ययोजना असार मसान्तभित्रै
स्रोत-साधन छर्ने प्रवृत्तिमा रोक लगाइनेछ : अर्थमन्त्री
अर्थमन्त्रीको दाबी- बजेटले लगानीमैत्री वातावरण निर्माण गर्छ
अर्थमन्त्रीले भने- वैदेशिक सहायता अपेक्षाभन्दा कम, आयोजना कार्यान्वयन कमजोर हुँदा सहायता आएन
राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement