वैदेशिक सहायता उत्पादनशील क्षेत्रमा लगाइनेछ : अर्थमन्त्री महत

जेष्ठ १५, २०८० |कान्तिपुर टीभी संवाददाता
वैदेशिक सहायता उत्पादनशील क्षेत्रमा लगाइनेछ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले वैदेशिक सहायतालाई उत्पादनशील क्षेत्रमा लगाइने जनाएका छन् । उनले बढी प्रतिफल आउने क्षेत्रमा उक्त रकम लगाइने जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आव ०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले यस्तो जनाएका हुन् । उनले आवश्यकता महसुस नभएका २० संस्था खारेज गरिने जनाए । यसैगरी उस्तै प्रकृति रहेका निकायलाई गाभिने पनि उनको बजेट भाषणमा छ ।

यस्तै अर्थमन्त्री महतले अत्यावश्याकबाहेक नयाँ भवन निर्माण नगरिने जनाएका छन् । उनले भने, ‘अत्यावश्याकबाहेक नयाँ भवन निर्माण गरिनेछैन, अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणलाई निरुत्साहित गरिनेछ ।’

थप....

बजेट कार्यान्वयन कार्ययोजना असार मसान्तभित्रै
स्रोत-साधन छर्ने प्रवृत्तिमा रोक लगाइनेछ : अर्थमन्त्री
अर्थमन्त्रीको दाबी- बजेटले लगानीमैत्री वातावरण निर्माण गर्छ
अर्थमन्त्रीले भने- वैदेशिक सहायता अपेक्षाभन्दा कम, आयोजना कार्यान्वयन कमजोर हुँदा सहायता आएन
राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement