‘१ अर्ब विनियोजन भएका कार्यक्रमको अनुगमन समिति बनाइनेछ’

जेष्ठ १५, २०८० |कान्तिपुर टीभी संवाददाता
‘१ अर्ब विनियोजन भएका कार्यक्रमको अनुगमन समिति बनाइनेछ’

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारद्वारा सञ्चालित आयोजनाको अनुगमन प्रणालीमा सुधार गरिने जनाएका छन् । उनले साधारण खर्चमा मितव्ययिता अपनाउने जनाएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आव ०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले यस्तो जनाएका हुन् । उनले एक अर्बभन्दा बढी विनियोजन भएका कार्यक्रम अनुगमन गर्न अनुगमन समिति बनाइने पनि जानकारी दिए । ‘१ अर्बभन्दा बढी विनियोजन भएका कार्यक्रम अनुगमन गर्न अनुगमन समिति बनाइनेछ ।’

अर्थमन्त्री महतले अत्यावश्याकबाहेक नयाँ भवन निर्माण नगरिने जनाएका छन् । उनले भने, ‘अत्यावश्याकबाहेक नयाँ भवन निर्माण गरिनेछैन, अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणलाई निरुत्साहित गरिनेछ ।’

थप...

अर्थतन्त्रको ओरालो सूचक : खर्चभन्दा आम्दानी कम, न राजस्व उठ्यो, न वैदेशिक सहायता
आर्थिक वर्ष ०८०/८१ को आयव्ययको विवरण : यी हुन् सरकारका प्राथमिकता
सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गरिने
पुराना तथा प्रयोगविहीन सरकारी गाडी ६ महिना भित्र लिलाम गरिने


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement