सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गरिने

जेष्ठ १५, २०८० |कान्तिपुर टीभी संवाददाता
सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गर्ने भएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले संसदको संयुक्त बैठकमा आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा मितव्ययिता अपनाइने जनाएका हुन् ।

उनले सरकारले सवारी साधन खरिद नगर्ने, फर्निसिङ खरिद नगर्ने जानकारी दिए । त्यस्तै नेपाल सरकारले अनिवार्य प्रतिनिधित्व गर्नेबाहेकका वैदेशिक भ्रमण पनि रोकिने छ ।

त्यस्तै इन्धनबापत रकम नै प्रदान गरिने व्यवस्था बजेटमा गरिएको अर्थमन्त्री महतले जनाए । त्यस्तै सरकारी सवारी साधनको सञ्चालन र व्यवस्थापनका लागि सवारी साधनको सट्टा तोकिएको मापदण्डको आधारमा एकमुष्ठ नगद नै वितरण गर्ने पनि अर्थमन्त्री महतले जनाए । 

थप...

अर्थतन्त्रको ओरालो सूचक : खर्चभन्दा आम्दानी कम, न राजस्व उठ्यो, न वैदेशिक सहायता
आर्थिक वर्ष ०८०/८१ को आयव्ययको विवरण : यी हुन् सरकारका प्राथमिकता
सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गरिने
पुराना तथा प्रयोगविहीन सरकारी गाडी ६ महिना भित्र लिलाम गरिने


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement