अर्थमन्त्रीको दाबी- बजेटले लगानीमैत्री वातावरण निर्माण गर्छ

जेष्ठ १५, २०८० |कान्तिपुर टीभी संवाददाता
अर्थमन्त्रीको दाबी- बजेटले लगानीमैत्री वातावरण निर्माण गर्छ

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले लगानीमैत्री वातावरण निर्माण गर्ने दाबी गरेका छन् । उनले संघीयताको सबलीकरण गर्नेतर्फ बजेट केन्द्रित रहेको जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आव ०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले यस्तो जनाएका हुन् । उनले आगामी आर्थिक वर्षदेखि फागुन मसान्तभित्र विनियोजन विधेयक सिद्धान्त पेस गर्ने व्यवस्था मिलाइने पनि जनाए ।

उनले डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने पनि जनाएका छन् । अर्थमन्त्री महतले उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरण गर्ने दिशामा बजेट उन्मुख रहेको दाबी गरे । उनले सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट निर्देशित रहेको जनाएका छन् । अर्थमन्त्री महतले बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित रहेको पनि जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement