सामाजिक सञ्जाल : व्यवस्थाका चुनौती कि लोकतन्त्रका पहरेदार ?

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
सामाजिक सञ्जाल : व्यवस्थाका चुनौती कि लोकतन्त्रका पहरेदार ?

नेपालीहरू तिहार मनाउन व्यस्त भइरहेका बेला कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले देशमा सामाजिक सद्भाव खलबल्याउन नपाउने कुरा संविधान र प्रचलित कानुनहरूमा रहेको भन्दै त्यही आधारमा टिकटक बन्द गर्ने निर्णय गर्‍यो । (हेर्नुहोस् भिडियो)

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाइनुको कारण बताए पनि त्यसको कानुनी पक्ष उल्लेख गरेर कुन कानुन र नियमका आधारमा त्यस्तो प्रतिबन्ध लगाइयो भन्ने प्रस्ट पारेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकहरूलाई कारबाही गर्ने चेतावनी दिइरहँदा कतिपय कानुनविद्ले नै टिकटक बन्द गर्ने कानुनी व्यवस्थाबारे अदालत मार्फत सरकारलाई चुनौती दिए ।

यसैबीच सर्वोच्चले टिकटकलाई प्रतिबन्ध लगाउनुको कारण १५ भित्र पेस गर्न सरकारलाई आदेश जारी गरिसकेको छ । अर्कोतर्फ सरकारको निर्णयप्रति असन्तुष्टहरूले भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएनको चोर बाटो प्रयोग गर्दै टिकटक चलाएर चुनौती दिइरहेका छन् ।

त्यसो त टिकटक प्रतिबन्धको निर्णय लिने नेपाल २७औं देश हो । अमेरिकासहितका कतिपय मुलुकले सुरक्षा जोखिमलाई कारण बनाएर सरकारी अधिकारीलाई मात्रै प्रयोगमा प्रतिबन्ध लगाएका छन् भने भारतसहितका केही देशमा आम रूपमा नै टिकटकलाई प्रतिबन्ध लगाइएको पाइन्छ ।

कुन-कुन देशमा प्रतिबन्धित छ टिकटक ?

के टिकटक बन्दको निर्णय अभिव्यक्ति स्वतन्त्रताविरुद्ध छ ? वा सरकारको यो कदम कति सही ? के आधारमा सरकारले बन्द गर्‍यो टिकटक ? टिकटकजस्तै सामग्री राख्न सकिने युट्युब, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाललाई सरकारले के गर्ला ? अरू प्लेटफर्मभन्दा टिकटक के कारणले बढी खतरनाक ठान्यो सरकारले ? सामाजिक सञ्जालहरू राज्य व्यवस्थाका चुनौती कि लोकतन्त्रका पहरेदार ? के सामाजिक सञ्जालसँग सरकार डराएको हो ? सरोकारको आजको अंकमा हामी यिनै विषयमा बहस गर्दै छौँ ।

त्यसका लागि निम्त्याएका छौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदी, वाक् तथा अभिव्यक्ति स्वतन्त्रताका अभियन्ता लक्ष्मणदत्त पन्त र सूचना प्रविधि विज्ञ एवं इन्टरनेट व्यवसायी एवं विनय बोहरा । 

सम्बन्धित समाचार...

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

कुन-कुन देशमा प्रतिबन्धित छ टिकटक ?

के छ टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रमा ? (पत्रसहित)

प्राधिकरणले टिकटकलाई पठायो जवाफी चिठी

टिकटकमा राखिएका सामग्रीले समस्या सिर्जना गरेको भन्दै प्रहरीमा ७६० उजुरी

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.