संघीय संसदको बजेट अधिवेशन सुरु हुँदा सरकारमाथि सडकमा उठेका प्रश्नहरु अब सदनमा पनि उठ्नेछन् । सरकार ढल्छ–ढल्दैन भन्ने सत्ता पक्ष र विपक्षबीचको दोहोरी चलिरहेकै छ । यो पनि केही समय चल्ला नै ।
यही बेला सत्तामै रहेका दुईवटा साना तर अर्थपूर्ण राजनीतिक दलहरु एकताको सँघारमा छन् । आफूलाई पहिचान पक्षधर बताउने जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रभाव र शक्ति बढाउने हेतु गर्न लागेको एकतापछि निर्माण हुने दल मधेशको सबैभन्दा ठूलो दल त हुने नै छ, सत्ता गठबन्धनमा पनि यसको शक्ति बढ्नेछ ।
तर, विपरित पृष्ठभूमिबाट उठेका यी दलको एकता कति चीरस्थायी होला ? नेतृत्वप्रति दुवै दलमा असन्तुष्टिका स्वरसमेत छन् । तिनको सम्बोधन कसरी हुन्छ ? अनि दुई दलको एकताले थारु समुदाय र मधेशका मुद्दा कसरी सम्बोधन गर्छ ? राष्ट्रिय दलको आकारबाहेक राष्ट्रिय राजनीतिमा यो एकताले कति राख्छ अर्थ ?
फायरसाइडको आजको अंकमा हामी यिनै प्रश्नको जवाफ खोज्नेछौं । आज हामीसँग हुनुहुन्छ, एकताउन्मुख दल नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ ।