टिकटकमा राखिएका सामग्रीले समस्या सिर्जना गरेको भन्दै प्रहरीमा ७६० उजुरी

कार्तिक २८, २०८० |कान्तिपुर टीभी संवाददाता
टिकटकमा राखिएका सामग्रीले समस्या सिर्जना गरेको भन्दै प्रहरीमा ७६० उजुरी

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा प्रयोगकर्ताले राखेका सामग्रीले समस्या सिर्जना गरेको भन्दै चालु आर्थिक वर्षभित्रै प्रहरीमा ७ सय ६० वटा उजुरी परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोमा मात्रै ४ सय ६४ उजुरी परेका छन् । त्यस्तै विभिन्न प्रदेशमा २ सय ९६ वटा उजुरी दर्ता भएको ब्युरोले जनाएको छ । अधिकांश उजुरीमा व्यक्तिगत जीवनमा असर पर्ने गरी अरूलाई होच्याउने तथा सामाजिक सद्भाव बिथोल्ने सामग्री पोस्ट गरिएको उल्लेख छ । 

त्यसो त नेपाल प्रहरीको तथ्यांकअनुसार साइबर ब्युरोमा पर्ने अधिकांश उजुरी सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित छन् । 

नेपालमा विभिन्न ११ वटा सामाजिक सञ्जाल कर प्रणालीमा दर्ता छन् । सामाजिक सञ्जालमा गरिने पोस्ट सरकारले नियमन गर्न सकेको छैन ।

सम्बन्धित समाचार...

टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गरिने


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.