भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीले अवैध रूपमा लुकाएर ल्याएको लत्ताकपडा सहितकाे ट्रक बरामद गरेकाे छ । आज बिहान करिब १० बजे काभ्रेबाट आउँदै गरेकाे बा४ख ७६० नम्बरकाे ट्रकमा भुसकाे बोराभित्र लुकाएर ल्याएकाे कुर्था सलवार, पाइन्ट सर्ट लगायतका लत्ताकपडा र प्लम्बिङका सामान सहित ट्रक नियन्त्रणमा लिइएकाे महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथाेकीले जानकारी दिनुभयाे ।
उक्त बरामद गरिएका सामान ७२ लाख ३६ हजार मूल्य बराबरकाे रहेको उहाँले बताउनुभयाे । बरामद गरिएका सामानहरू राजस्व कार्यालय पठाउने तयारी गरिएको छ । ट्रक चालक पनि प्रहरीको नियन्त्रणमा छन् ।
प्रहरीका अनुसार गाेप्य सूचनाकाे आधारमा जाँच गर्ने क्रममा उक्त सामान बरामद गरिएकाे हाे ।