के छ टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रमा ? (पत्रसहित)

मंसिर १, २०८०
के छ टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रमा ? (पत्रसहित)

काठमाडौं । जुन दिन सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय  गर्‍यो सोही दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई टिकटकको सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुखले एक पत्र पठाए । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सम्बोधन गरिएको पत्रमा सुरुमै लेखिएको थियो– टिकटकमार्फत नेपाली जनताको रचनात्मक अभिव्यक्तिको स्वतन्त्रतालाई प्रोत्साहित गर्न गरिएको निरन्तर सहयोगका लागि धन्यवाद ।

‘टिकटकमाथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयको सम्बन्धमा हामीले आज तपाईँको कार्यालयबाट इमेल पायौँ’, पत्रमा भनिएको छ, ‘हाम्रो समुदायको हिस्सा बनेका, टिकटकमार्फत आफ्नो सृजनशीलता र आनन्द व्यक्त गर्ने लाखौँ नेपालीहरू भएकोमा मञ्चमाथि प्रतिबन्ध लगाउने निर्णयले हामी छक्क परेका छौँ ।’

टिकटकमाथिको प्रतिबन्धको परिणामस्वरूप नेपाली कन्टेन्ट क्रिएटर- खासगरी सृजनशील युवा र वयस्कहरूलाई आर्थिक असर पर्नेप्रति सचेत गराएको छ । 

नेपालका विभिन्न सरकारी निकायका प्रतिनिधिसँग गरिएको समझदारी उल्लेख गर्दै टिकटकले मापदण्ड विपरीतका भिडिओ सामग्रीहरू हटाइएको समेत दाबी गरेको छ ।

पत्रमा गत अगस्ट २९ मा डिजिटल सेवा करदाताको रुपमा आफू पनि दर्ता भइसकेको टिकटकले स्मरण गराएको छ । टिकटकले प्रयोगकर्ताको सुरक्षा आफ्नो पनि प्राथमिकताको विषय भएको उल्लेख गरेको छ । नेपालको घरेलु कानुनविपरीतका सामग्री हटाउने गरी सरकारले सिधै अनुरोध गर्न सक्ने गरी पहुँच दिएको र थप चासो भए सम्बोधन गर्न तयार रहेको पनि टिकटकले स्पष्ट पारेको छ ।

हेर्नुहोस् टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत सरकारलाई पठाएको पत्र विस्तृतमा–

सम्बन्धित समाचार...

प्रतिबन्धपछि दूरसञ्चार प्राधिकरणलाई टिकटकले पठायो पत्र

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ७ वटा रिट

टिकटकले पठाएको पत्र बारे छलफल गर्न सञ्चार मन्त्रालयमा बैठक