टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट, पेसी सोमबारका लागि तोकियो

सरकारको निर्णय गैरकानुनी रहेकाले खारेजीको माग
मंसिर १, २०८० |कान्तिपुर टीभी संवाददाता
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट, पेसी सोमबारका लागि तोकियो

काठमाडौं । सामाजिक सञ्जाल टिकटकलाई नेपालमा प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा ‌१० वटा रिट परेका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुनीलरञ्जन सिंह, स्वागत नेपाल, बाबुराम अर्याललगायत कानुन व्यवसायीले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

रिटमा टिकटक बन्द गर्ने सरकारको निर्णय गैरकानुनी र संविधानको भावनाविपरीत रहेको दाबी गरिएको छ । रिटमा सामाजिक सञ्जालको नियमन गर्ने सम्बन्धमा दूरसञ्चार तथा प्रविधि क्षेत्रका विज्ञ सम्मिलित कार्यदल गठन गर्ने आदेशको पनि माग गरिएको छ ।

सर्वोच्चले रिटमाथि सुनुवाइ गर्न सोमबार पेसी तोकेको छ ।

सम्बन्धित समाचार...

प्रतिबन्धपछि दूरसञ्चार प्राधिकरणलाई टिकटकले पठायो पत्र

टिकटक चल्न नदिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

के छ टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रमा ? (पत्रसहित)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.