श्रीमतीले कोदालोले हान्दा श्रीमान्‌को मृत्यु

वैशाख २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
श्रीमतीले कोदालोले हान्दा श्रीमान्‌को मृत्यु

खोटाङ । श्रीमतीले कोदालोले हान्दा श्रीमान्‌को मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित माथिल्लो चिचिङगाका ५१ वर्षीय पाँचकर्ण राईको मृत्यु भएको हो ।

शनिबार मकै बारीमा जोत्ने क्रममा सामान्य वादविवाद हुँदा श्रीमती ५३ वर्षीया रेनुका राईले श्रीमान् पाँचकर्णलाई कोदालोको पासोले टाउकोमा प्रहार गरेकी थिइन् । श्रीमतीको प्रहारबाट बोल्न नसक्ने गरी घाइते भएका राईलाई उपचारका लागि नगर अस्पताल दुर्छिम लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको थियो ।

काठमाडौंमा अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमती रेनुकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राई दम्पतीका तीन छोरी र एक छोरा रहेको सल्लेका वडाध्यक्ष काशीराज राईले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.