काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितताबारे सार्वजनिक लेखा समितिको संसदीय उपसमितिले सार्वजनिक गरेको प्रतिवेदन आधिकारिक नभएको बताउनुभएको छ ।
कान्तिपुर टेलिभिजनको कार्यक्रम 'सरोकार' मा प्रमुख सचेतक घिमिरे र उपसमितिमा एमालेका तर्फबाट सदस्य रहेका तारा लामाले प्रतिवेदन सार्वजनिक गर्नु नै गलत भएको बताउनुभयो । समितिका अर्का सदस्य लेखनाथ दाहालले प्रतिवेदनबाट विमानस्थल निर्माणमा भ्रष्टाचार भएको तथ्य उजागर गरेको भन्दै यसमाथि अख्तियारलगायत राज्यका निकायमार्फत् छानबिन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम सरोकारमा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको अनियमितता एवं भ्रष्टाचारबारे अध्ययन गर्न गठित संसदीय उपसमितिको रिपोर्टमा केन्द्रित रहेर संवाद गरिएको छ ।