सरोकार : गभर्नर नियुक्तिमा चलखेल गर्ने को ?

वैशाख २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरोकार : गभर्नर नियुक्तिमा चलखेल गर्ने को ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा चलखेल गर्ने बिचौलिया समूहले एमाले-माओवादी गठबन्धन सरकार ढालेको बताउनुभएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल गर्ने यही समूह भएको पूर्वअर्थमन्त्री पुनको दाबी छ । 

कान्तिपुर टेलिभिजनको कार्यक्रम सरोकारमा पूर्वअर्थमन्त्री पुनले धितोपत्र, बीमा बोर्ड र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल गर्ने एकै बिचौलिया समूह भएको जिकिर गर्नुभयो ।

आगामी बजेट विशेष कार्यक्रम सरोकारको बहसमा नेकपा एमालेका नेता पदम गिरी र अर्थशास्त्री कुशुम शाक्य पनि सहभागी हुनुहुन्छ । यो कार्यक्रम आज राति ९ बजे प्रसारण हुनेछ । कार्यक्रम सरोकार युट्युब र कान्तिपुर टेलिभिजनको एपबाट पनि हेर्न सकिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.