काठमाडौं । १० वर्षभित्र कृषि पेसामा आश्रित जनसंख्या १० प्रतिशतले घटेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको र अर्थतन्त्रमा व्यापार तथा व्यवसायसँगै सेवा क्षेत्रको हिस्सा बढेकाले कृषिमा आश्रित जनसंख्या ५० प्रतिशत देखिएको हो । यति हुँदा पनि अर्थतन्त्रको आकार अपेक्षित बढ्न नसक्दा मुलुकको आर्थिक स्तरोन्नति हुन नसकेको विज्ञ बताउँछन् ।
राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १० वर्षभन्दा माथिका आधा अर्थात् ५० दशमलव १ प्रतिशत जनता कृषि पेसामा आश्रित छन् । ३० वर्षअघि २०४८ सालमा कुल जनसंख्याको ८१ दशमलव दुई-तीन प्रतिशत कृषिमा आश्रित थिए । आर्थिक काममा संलग्न एक करोड ४९ लाख ८३ हजार ३ सय १० मध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७ दशमलव ३ प्रतिशत संलग्न छन् ।
थोक एवं खुद्रा व्यापारमा मोटरगाडी तथा मोटरसाइकल मर्मतको काममा १२.५ प्रतिशत, निर्माणमा ८.१ प्रतिशत, अन्य सेवा प्रदान गर्ने क्रियाकलापमा ३.९ प्रतिशत र औद्योगिक उत्पादनमा ३.८ प्रतिशत जनसंख्या संलग्न देखिन्छ । कुल परिवार संख्यामध्ये ९.४ प्रतिशतले साना, घरेलु व्यवसाय सञ्चालन गरेका छन् ।
३.९ प्रतिशत परिवारमा रेडियो, टेलिभिजन, फोनजस्ता साधन/सुविधा उपलब्ध नभएको देखिन्छ । ९६.१ प्रतिशत परिवारमा कम्तिमा एक किसिमको सुविधा उपलब्ध छ । ७३.२ प्रतिशतसँग मोबाइल फोन छ भने ४९.४ प्रतिशतमा टेलिभिजन, ३७.८ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको छ ।
अधिकांश अर्थात् ९२.२ प्रतिशत घरपरिवारले बिजुली प्रयोग गरेका छन् । जबकि २०६८ सालको जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ६७.३ प्रतिशत थिए । तर अहिले पनि खाना पकाउन ५१ प्रतिशत परिवारले दाउरा प्रयोग गर्ने गरेको तथ्यांकले देखाउँछ ।
आर्थिक रुपले सक्रिय एक करोड लाख अर्थात् ९३ प्रतिशत रोजगार छन् भने ७ लाख ६७ हजार अर्थात् ६ दशमलव नौ-पााच प्रतिशत बेरोजगार रहेको तथ्यांकले देखाएको छ ।
थप...
यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या २९२८, कुल जनसंख्याको ०.०१ प्रतिशत
राष्ट्रिय जनगणना २०७८ : झन्डै डेढ करोड जनसंख्या आर्थिक काममा संलग्न
राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम जनसंख्या मनाङमा, बढी काठमाडौंमा
२.२ प्रतिशतमा अपांगता, पुरुष ५४.२ र महिला ४५.८ प्रतिशत
तथ्यांकमा बालकालिका : १ प्रतिशत मात्रै बाबुसँग बस्छन्, २६ प्रतिशतको जन्मदर्ता छैन
राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक, के मा कस्तो छ तथ्याङ्क ?
जनगणना २०७८ : ३१ प्रतिशत महिला परिवारमुली, २३.८ प्रतिशत महिलामा घरजग्गाको स्वामित्व
जनसंख्या वृद्धिदर घट्दा आर्थिक समृद्धिको यात्रामा जोखिम