काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षमा नयाँ आयोजनाभन्दा पनि चलिरहेको आयोजनामा बजेट केन्द्रित हुने जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवप्रसाद शर्माले सीमित स्रोतका कारण नयाँ आयोजना थप्ने अवस्था नरहेको जानकारी दिनुभयो ।
यो वर्ष हुलाकी, मध्यपहाडी जस्ता गौरवका आयोजना र रणनीतिक सडक तथा पुलमा बजेट केन्द्रित हुने उहाँको भनाइ छ ।