काठमाडौं । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपांगता भएका व्यक्तिको संख्या ६ लाख ४७ हजार ७४४ छ । जसमध्ये पुरुष तीन लाख ५१ हजार ३०१ र महिला दुई लाख ९३ हजार ४४३ छ । प्रतिशतका रुपमा अपांगता भएका पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको 'राष्ट्रिय जनगणना २०७८-नतिजा’ मा अपांगतासम्बन्धी यस्तो तथ्यांक आएको हो । तथ्यांकअनुसार अपांगता भएका व्यक्तिमध्ये सबैभन्दा धेरैमा शारीरिक अपांगता भएकाहरु ३७.१ प्रतिशत छ ।
यस्तै १७.१ प्रतिशतमा न्यूनदृष्टि अपांगता, ८.९ प्रतिशतमा बहुअपांगता, ८.० प्रतिशतमा सुस्तश्रवण, ६.४ प्रतिशतमा स्वर बोलाइसम्बन्धी अपांगता रहेको छ । अपांगतासम्बन्धी तथ्यांक संकलनका लागि १२ प्रकारका अपांगतासहितको प्रश्नावली तयार गरिएको थियो । जसमा शारीरिक अपांगता, न्यून दृष्टियुक्त, पूर्ण दृष्टिविहिन, बहिरोपन, सुस्तश्रवण, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ, मानसिक वा मनोसामाजिक, बौद्धिक अपांगता, अनुवंशीय रक्तश्राव (हेमोफेलिया), अटिजम र बहुअपांगता रहेका छन् ।
सम्बन्धित समाचार...
जनगणना २०७८ : ३१ प्रतिशत महिला परिवारमुली, २३.८ प्रतिशत महिलामा घरजग्गाको स्वामित्व