काठमाडौं । 'आर्थिक सुधारको अर्थ' मुख्य मुद्धासहित कान्तिपुर मिडिया ग्रुपले बुधबार 'कान्तिपुर इकोनमिक समिट' गर्दैछ ।
इकोनमिक समिटको पहिलो सत्र 'ठूला करदातासँग संवादः अपेक्षा र अनुभव' मा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, विशाल ग्रुपका निर्देशक अनुज अग्रवाल, सूर्य नेपालका उपाध्यक्ष रवि केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ सहभागी हुँदैछन् ।
त्यस्तै दोस्रो सत्र 'बजेट : अंक होइन, अर्थको खोजी'मा अर्थसचिव घनश्याम उपाध्याय, पूर्व अर्थसचिव रामेश्वर खनाल, उद्योगी चन्द्रप्रसाद ढकाल र सोधकर्ता डा. अमृता शर्माले बहस गर्दै हुनुहुन्छ ।
त्यस्तै सम्मेलनको तेस्रो सत्र 'अर्थमन्त्रीलाई प्रश्नै प्रश्न'मा अर्थमन्त्री विष्णु पौडेलसँग सहभागी हुनुहुनेछ ।