यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या २९२८, कुल जनसंख्याको ०.०१ प्रतिशत

चैत्र १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या २९२८, कुल जनसंख्याको ०.०१ प्रतिशत

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ अनुसार अन्य लिंगी (यौनिक तथा लैंगिक अल्पसंख्यक) को जनसंख्या दुई हजार नौ सय २८ देखिएको छ ।

जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हुन आउँछ । कुल अन्य लिंगी (यौनिक तथा लैंगिक अल्पसंख्यक) को जनसंख्या सबैभन्दा बढी वाग्मती प्रदेशमा छ । जहाँ ३२.७ प्रतिशत अन्य लिंगी (यौनिक तथा लैंगिक अल्पसंख्यक) को संख्या छ । सबैभन्दा कम कर्णाली प्रदेशमा २.८ प्रतिशत रहेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको 'राष्ट्रिय जनगणना २०७८-नतिजा’ को अन्तिम नतिजा आएको हो । जसअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ छ भने महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ पुगेको छ ।

कुल जनसंख्यामध्ये पुरुष ४८ दशमलव ९८ प्रतिशत र महिलाको संख्या ५१ दशमलव ०२ प्रतिशत छ । २०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो दश वर्षको अवधिमा २६ लाख ७० हजार ७४ जनसंख्या बढेको छ ।

थप समाचार...

राष्ट्रिय जनगणना २०७८ : झन्डै डेढ करोड जनसंख्या आर्थिक काममा संलग्न
राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम जनसंख्या मनाङमा, बढी काठमाडौंमा
२.२ प्रतिशतमा अपांगता, पुरुष ५४.२ र महिला ४५.८ प्रतिशत
तथ्यांकमा बालकालिका : १ प्रतिशत मात्रै बाबुसँग बस्छन्, २६ प्रतिशतको जन्मदर्ता छैन
राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक, के मा कस्तो छ तथ्याङ्क ?
जनगणना २०७८ : ३१ प्रतिशत महिला परिवारमुली, २३.८ प्रतिशत महिलामा घरजग्गाको स्वामित्व


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement