काठमाडौं । बैंकहरूबाट प्रवाह हुने कर्जामा सामान्य सुधार आएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा कर्जा ७.२ प्रतिशतले बढेको उल्लेख छ । जबकि गत वर्षको चैतसम्म कर्जा ४.६ प्रतिशतले मात्रै बढेको थियो ।
राष्ट्र बैंकका अनुसार निजी क्षेत्रमा जाने कर्जा ३ खर्ब ६१ अर्बले बढेको छ । आयात तथा शेयर बजारमा जाने कर्जा सबैभन्दा बढेको छ । आयात कर्जा ६०.६ प्रतिशतले बढेको छ भने शेयरमा जाने कर्जा ३७.८ प्रतिशतले बढेको छ । औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा भने ९.६ प्रतिशतले मात्रै बढेको छ ।
रेमिट्यान्स १० प्रतिशतले बढेर ११ खर्ब ९१ अर्ब भित्रिएको छ । जसका कारण २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भई २०८१ चैत मसान्तमा २४ खर्ब २६ अर्ब पुगेको छ । जसले १४.२ महिनाको आयात धान्छ । सरकारको खातामा ३ खर्ब ७१ अर्ब नगद मौज्दात छ ।