ट्विटरमा एलन मस्कको फन्डा : ३ दिनमै चरा, कुकुर, चरा !

चैत्र २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
ट्विटरमा एलन मस्कको फन्डा : ३ दिनमै चरा, कुकुर, चरा !

काठमाडौं । सामाजिक सन्जाल ट्विटर खरिद गरेयता चर्चामा रहँदै आएका एलन मस्कले ट्विटरको निलो चरा रहेको लोगो नै परिवर्तन गरेर सबैलाई चकित पारे । उनले ट्विटरको वेब भर्सनमा चराको ठाउँमा कुकुर राखेका थिए ।

मस्कले ट्विटरको चिरपरिचित निलो चरा लोगोलाई प्रतिस्थापन गर्दै पहेंलो रङको कुकुरको लोगो राखेका थिए । त्यो पनि तीन दिनमै पुरानै चरालाई लोगोका रुपमा अहिले ट्विटरमा फिर्ता आएको छ । मस्कले राखेको कुकुरको तस्बिर जापानी प्रजातिको कुकुर ‘शिबा इनु’ को भएको र यो डोजक्वाइन डिजिटल मुद्राले प्रयोग गर्दै आएको लोगोसँग मिल्दो थियो ।

डोजक्वाइन एउटा मिमक्वाइन हो भने सुरुमा हाँस्य प्रयोजनका लागि यसको सिर्जना गरिएको थियो । डोजक्वाइनसँग ट्रम्पको अदालतमा विवाद चल्दै आएको छ ।

सोमबार राति निलो चराको स्थानमा कुकुरको तस्बिर देखिन थालेपछि प्रयोगकर्ता कतै ट्विटर ह्याक त भएन भन्दै चकित परेका थिए । तर पछि मस्क स्वयंले एउटा फोटो ट्विट गरेपछि प्रयोगकर्ता मस्कले नै सो लोगो परिवर्तन गरेका हुन् भन्नेमा ढुक्क भएका थिए ।

आज (शुक्रबार) ट्विटरले उक्त कुकुरको लोगो हटाएर पुरानै चरा राखेको छ । निलो चराबारे पनि ट्विटरले आधिकारिक जानकारी दिएको छैन ।

थप...

ट्विटरको लोगो परिवर्तन, निलो चराको ठाउँमा कुकुर
ट्विटर : वाट्स् ह्यापनिङ अर्थात् के भइरहेको छ ?
ट्विटरमा ‘#RIPTwitter’ ट्रेन्डिङमा
फेसबुक र ट्विटरमा महिलामाथि घृणाको बाढी
चर्चित पत्रकारका ट्विटर खाता निलम्बित