अटोमेसन प्रविधिले बदलिँदै बागलुङको तरकारी खेती, किसान उत्साहित

श्रावण १५, २०८३ |प्रदीप पन्त
अटोमेसन प्रविधिले बदलिँदै बागलुङको तरकारी खेती, किसान उत्साहित

बागलुङ । बागलुङका किसानले तरकारी खेतीमा मोबाइल एपको उपयोग गर्न थालेका छन् । 

परम्परागतरूपमा तरकारी खेती गर्दै आएका किसानले अहिले तरकारी खेतीमा आधुनिक प्रविधि भित्र्याएका हुन् ।

किसानले टनेलभित्र अटोमेसन प्रविधि जडान गरी तरकारी तथा बिरुवालाई आवश्यक पर्ने सिँचाइ, औषधि, तापक्रम, जनशक्तिको परिपूर्तीको लागि मोबाइल एपमार्फत काम गर्दै आएका छन् । सिसीक्यामरासहितको अटोमेसन डिभाइस जडान जरेपछि त्यसले टनलभित्रको गतिविधि पहिचान गर्ने गरिन्छ । 

माबाइल एपले देखाएको नोटिफिकेसनअुनसार बोटबिरुवामा सिँचाइ, विषादी प्रयोग गर्ने गरिन्छ । मोबाइल एपले दिमै टनेलभित्र तापक्रम कति छ भनेर थाहाँ पाउन सकिन्छ । यसले तरकारी खेती गर्न कम जनशक्ति नभए धान्नसक्ने गरी सहज बनाएको छ ।

बागलुङ नगरपालिका–६ भान्सामा पहिलोपटक पञ्चकोट फलफूल नर्सरी फर्ममार्फत दुई लाख लगानीमा यो प्रविधि भित्राइएको छ । अटोमेसन प्रविधिप्रति अन्य किसानले पनि चासो देखाएका छन् । अटोमेसन प्रविधि जडान भएपछि टनेलभित्र तरकारी तथा बिरुवा उत्पादनको लागि आवश्यक पर्ने सबै सूचना माबाइल एपमै प्राप्त हुने भएकाले किसानलाई धेरै सहज भएको छ । 

जिल्लामै पहिलोपटक भित्रिएको यो नयाँ प्रविधिलाई कृषि विकास कार्यालय बागलुङले अन्य व्यवसायिक किसानसम्म पुर्‍याउने गरी योजना बनाएको जनाएको छ । तरकारी उत्पादन क्षेत्रमा अटोमेसन प्रविधि जडान भएमा किसान काम विशेषले देश विदेश जहाँ गए पनि आफ्नो मोबाइल एपमा आउने सूचना लिएर आफ्नो खेतीमा के भइरहेको छ भन्ने कुरा थाहा पाउन सक्छन् । 

आफू भौतिकरुपमा नभए पनि फार्ममा खटिएका कामदार वा परिवारका सदस्यलाई भनेर विषादी प्रयोग, सिँचाइ वा तापक्रमको मात्रा मिलाउने काम गर्छ सक्छन् । पञ्चकोट नर्सरीमा भित्र्याइएको अटोमेसन प्रविधि परीक्षणकै चरणमा छ । यसलाई धेरै किसानमाझ पुर्याएर वस्तुको उत्पादन लागत घटाउँदै बजार सुनिश्चित गर्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।


Image

प्रदीप पन्त

पन्त कान्तिपुर टेलिभिजनका बागलुङ संवाददाता हुन् ।