ट्वीटरको लोगो परिवर्तन, निलो चराको ठाउँमा कुकुर

चैत्र २१, २०७९ |कान्तिपुर टीभी संवाददाता
ट्वीटरको लोगो परिवर्तन, निलो चराको ठाउँमा कुकुर

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटर खरिद गरेयता चर्चामा रहँदै आएका एलन मस्कले ट्वीटरको लोगो नै परिवर्तन गरेर सबैलाई चकित पारेका छन्। ट्वीटरको वेब भर्सनमा मस्कले यो परिवर्तन गरेका हुन् ।

मस्कले ट्वीटरको चिरपरिचित निलो चरा लोगोलाई प्रतिस्थापन गर्दै पहेँलो रङको कुकुरको लोगो राखेका छन् । मस्कले राखेको कुकुरको तस्बिर जापानी प्रजातिको कुकुर ‘शिबा इनु’ को भएको र यो डोजक्वाइन डिजिटल मुद्राले प्रयोग गर्दै आएको लोगोसँग मिल्दो छ ।

डोजक्वाइन एउटा मिमक्वाइन हो भने सुरुमा हाँस्य प्रयोजनका लागि यसको सिर्जना गरिएको थियो । डोजक्वाइनसँग ट्रम्पको अदालतमा विवाद चल्दै आएकोछ ।

सोमबार राति निलो चराको स्थानमा कुकुरको तस्बिर देखिन थालेपछि प्रयोगकर्ता कतै ट्वीटर ह्याक त भएन भन्दै चकित परेका थिए । तर पछि मस्क स्वयंले एउटा फोटो ट्वीट गरेपछि प्रयोगकर्ता मस्कले नै सो लोगो परिवर्तन गरेका हुन् भन्नेमा ढुक्क भएका थिए ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.