जिम्मेवारी सफलताका साथ पूरा गर्छु : नवनियुक्त प्रधानमन्त्री ओली

असार ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
जिम्मेवारी सफलताका साथ पूरा गर्छु : नवनियुक्त प्रधानमन्त्री ओली

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले आफूले पाएको जिम्मेवारी सफलताका साथ पूरा गर्ने बताउनुभएको छ ।

ओलीनिवास बालकोटमा कान्तिपुर समाचारसँग कुरा गर्दै नवनियुक्त प्रधानमन्त्री ओलीले बाढीपहिरोको समस्या अविलम्ब समाधान गर्ने गरी कदम चाल्ने बताउनुभयो ।

नवनियुक्त प्रधानमन्त्री ओलीले आजै साँझ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँको बूढानीलकण्ठ चपलीस्थित निवासमा एक घण्टा छलफल गर्नुभएको थियो । अहिले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन एमालेका शीर्ष नेताहरुको बैठक ओलीनिवासमा बसिरहेको छ ।

बैठकमा नवनियुक्त प्रधानमन्त्री ओलीसहित शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत नेताहरु सहभागी हुनुहुन्छ ।

यो पनि...

४५औं प्रधानमन्त्रीमा केपी ओली

सत्तामा ठूला दल : के-के छन् चुनौती ?

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

केपी ओलीको चौथो कार्यकाल : अवसर के र चुनौती के ?

टुंगियो कांग्रेस र एमालेले लिने मन्त्रालयको भागबन्डा, भोलि मन्त्रिपरिषद् विस्तार

केपी ओलीको चौथो कार्यकाल : अवसर के र चुनौती के ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement