मध्यराति सत्ता फेर्ने सहमति गरिएपछि मेयर बालेनको स्ट्याटस- ‘यो समय गिरिबन्धु चियाको हो’

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
मध्यराति सत्ता फेर्ने सहमति गरिएपछि मेयर बालेनको स्ट्याटस- ‘यो समय गिरिबन्धु चियाको हो’

काठमाडौं । मध्यराति एमाले र कांग्रेसबीच सत्ता फेर्ने सहमति भयो । दुवै दलले आलोपालो सरकारको नेतृत्व गर्ने तर सुरुको डेढ वर्ष एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने सहमति भयो । यसै सन्दर्भमा काडमाडौं महानगरका मेयर बालेन शाहले व्यङ्ग्य गर्दै आज फेसबुकमा लेख्नुभयो, ‘यो समय गिरीबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’

उहाँले आफ्नो उक्त फेसबुक स्ट्याटसको कमेन्टमा नारायण गाउँलेको टिप्पणी पनि पोस्ट गर्नु भएको छ । ‘गिरीबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ‘एकपल्ट’लाई बेच्न दिने ‘विधेयक’ संसद्‌बाट पास भएछ !,’ कमेन्टमा उल्लेख छ, ‘नेपाल मजदुर किसान पार्टी र कांग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भयो ! ...सरकार सुइँकिँदै छ भन्ने सुइँको पाएको भए रास्वपा यो हिलोमा मुछिन्नथ्यो होला तर सत्ताको ‘टाप’ले आँखा छोपियो ।’

मेयर बालेन शाहले यस अघि पनि फेसबुकमार्फत एमाले अध्यक्ष ओलीलाई ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्क्याउनु होला’ भन्दै चेतावनी दिनु भएको थियो । अध्यक्ष ओलीले झापाको गिरिबन्धुमा बैना लिनेहरूलाई ‘‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’’ भनेको उल्लेख गर्दै उहाँले ओलीलाई जनता नझुक्क्याउन आग्रह गर्नु भएको थियो । ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू,’ उहाँले फेसबुकमा लेख्नु भएको थियो, ‘गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

एमालेले संसद्‌मा गिरीबन्धु टी-इस्टेटको विषयमा काठमाडौं महानगरका प्रमुखले गरेको टिप्पणीप्रति आक्रोश व्यक्त गरेको थियो । जेठ २२ को प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सांसद योगेश भट्टराईले मेयर बालेनले अध्यक्ष ओलीलाई जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको थियो ।

एमाले र कांग्रेसले अहिले नयाँ सत्ता समीकरण बनाएसँगै मेयर बालेनले ‘यो समय गिरिबन्धु चियाको हो’ भन्दै व्यङ्ग्यात्मक प्रतिक्रिया दिनुलाई गहिरो अर्थमा हेरिएको छ ।

सम्बन्धित समाचार...


केपी ओलीलाई बालेनको चेतावनी, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु होला’

गिरीबन्धु टी-स्टेटको जग्गामा ठगी गर्नेसँग सरकार भत्केला भन्ने डरले बार्गेनिङ नगरौं : बालेन शाह

गिरीबन्धु टी- स्टेटबारेको प्रश्नमा ओलीको जवाफ- बालेनलाई सोध्नुस्

‘गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणमा अख्तियारले छानिबन गर्नुपर्छ’

संसद्‌मा विश्वप्रकाश : सन्दीपको भिसादेखि ‘गिरिबन्धुको फाइल’ र बालेन-ओली द्वन्द्वसम्म (भिडियो)

गिरीबन्धु टी-स्टेटका विषयमा कांग्रेस र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले गरेको टिप्पणीप्रति एमालेको आपत्ति

मध्यरातमा सहमति : सरकारको नेतृत्व डेढ वर्ष ओलीलाई त्यसपछि देउवालाई


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.