मध्यरातमा सहमति : सरकारको नेतृत्व डेढ वर्ष ओलीलाई त्यसपछि देउवालाई

मन्त्रालय र प्रदेश नेतृत्वसमेत भागबन्डा
असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
मध्यरातमा सहमति : सरकारको नेतृत्व डेढ वर्ष ओलीलाई त्यसपछि देउवालाई

काठमाडौं । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ ।

दुई दलका शीर्ष नेताबीच हिजो मध्यराति सत्ता सञ्चालनको सहमति पत्रमा हस्ताक्षर भएको हो । दुई दलबीच पहिलो डेढ वर्ष एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नु हुने छ भने त्यसपछि कांग्रेस सहमति देउवाको नेतृत्वमा सरकार बन्ने छ । सरकारको नेतृत्व गर्ने दलले ९ र सहयोग गर्ने दलले दश मन्त्रालय लिने सहमति पनि भएको छ । दिनभरको प्रयासमा सहमतिको मस्यौदा तयार भएपछि एमाले अध्यक्ष ओली कांग्रेस सभापति देउवालाई भेट्न राति बालकोटबाट निस्किनु भएको थियो ।

दुई दलबीच भएको सहमति अनुसार सरकारको नेतृत्व गर्ने दल एमालेले अर्थसहितका मन्त्रालय लिने छ भने कांग्रेसले गृहसहित १० मन्त्रालय लिने छ । त्यस्तै प्रदेश सरकारको नेतृत्वबारे पनि दुई दलबीच सहमति भएको छ । राष्ट्रिय सहमतिको सरकार निर्माण गरी संविधान संशोधन गर्ने लक्ष्यसहित दुई दलले सत्ता समीकरणका लागि सहमति गरेका हुन् । संविधान संशोधनका लागि सुझाव आयोग बनाउने र आयोगले दिएका सुझावका आधारमा संविधान संशोधन गरिने दुई दलले सहमति गरेका छन् । 

कांग्रेस र एमालेका नेताहरूले हिजो राति नै आफूहरुबीच भएको सहमतिबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराइसकेको जनाएका छन् ।

सम्बन्धित समाचार...

मध्यराति सत्ता फेर्ने सहमति गरिएपछि मेयर बालेनको स्ट्याटस- ‘यो समय गिरिबन्धु चियाको हो’

सिंहदरबारमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता (भिडियो)

प्रधानमन्त्री दाहाल र ओलीबीच आज पनि भेटवार्ता

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटमा के-के भयो छलफल ?

नयाँ सत्ता समीकरणका लागि कांग्रेस र एमालेबीचको संवादले आशाको सञ्चार गरेको कांग्रेस सांसदको भनाइ

सत्ता गठबन्धन गर्ने कांग्रेस-एमालेबीच सहमति

यो पनि हेर्नुहोस् :-


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.