वाग्मतीका ३३ सिट : एमाले-माओवादी बराबर, कांग्रेस पहिलो, स्वतन्त्र दोस्रो

मंसिर १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
वाग्मतीका ३३ सिट : एमाले-माओवादी बराबर, कांग्रेस पहिलो, स्वतन्त्र दोस्रो

काठमाडौं । १३ जिल्ला समेटिएर बनेको वाग्मती प्रदेशमा प्रतिनिधिसभातर्फ ३३ सिट छन् । गत चुनावमा नेकपा एमालेले उल्लेख्य सफलता पाएको वाग्मतीमा यसपालि कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले बाजी मारेका छन् । एमाले र माओवादीको भने बराबरी हैसियत बनेको छ ।

वाग्मती प्रदेश अन्तरगतका प्रतिनिधिसभाका ३३ सिटमध्ये ३२ स्थानको नतिजा आइसकेको छ । विवादका कारण दोलखाको मतगणना अहिलेसम्म रोकिएको छ ।

नतिजा आएका ३२ मध्ये १३ सिटमा जित निकाल्दै नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ । २०७४ को चुनावमा यहाँबाट नेपाली कांग्रेसले ५ सिट मात्रै जितेको थियो । यसपालि कांग्रेसलाई वाग्मतीमा गठबन्धन फापेको छ ।

वाग्मतीबाट रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्त पार्टीले ७ स्थान जितेर कांग्रेसपछिको दोस्रो स्थान हासिल गरेको छ । यो पार्टीले प्रतिनिधिसभामा जितेका ७ वटा सिटहरु सबै वाग्मतीकै हुन् । थप एउटा सुनसरी १ मा उसले अग्रता लिइरहेको छ ।

नेकपा एमालेले भने वाग्मतीका १३ जिल्लाबाट जम्माजम्मी ४ सिट मात्रै जितेको छ । जबकि उसले २०७४ को चुनावमा यहाँबाट २० सिट जितेको थियो ।

अघिल्लो चुनावमा ७ स्थानमा जित हात पारेको माओवादीले कांग्रेससँग गठबन्धन गर्दा पनि ४ सिट मात्रै जितेको छ ।

सम्बन्धित समाचार...

मधेसका ३२ सिट : लोसपा, जसपा र माओवादीको बेहाल, कांग्रेस-एमाले मालामाल

कर्णालीका १२ सिटको नतिजा : ०७४ मा कांग्रेस शून्य, अहिले एमालेको पालो

पूर्वी नेपालका २८ सिट : एमाले-कांग्रेस नाफामा, माओवादीलाई घाटा

सुदूरपश्चिमका १६ सिट : माओवादीको विचल्ली, बाजुरामा हल्लिखल्ली

गण्डकीका १८ सिट : एमालेले ८ गुमायो, कांग्रेसले ८ थप्यो

राप्रपाले वाग्मतीबाट प्रतिनिधिसभामा २ सिट जितेको छ ।

त्यसैगरी, एकीकृत समाजवादीले एक सिट जितेको छ भने नेपाल मजदुर किसान पार्टीले पनि एउटा स्थान जितेको छ ।

वाग्मतीबाट प्रतिनिधिसधा सदस्यमा विजयी हुने सांसदको नामावली–

१. सिन्धुली १– श्यामकुमार घिमिरे– कांग्रेस

२. सिन्धुली २– लेखनाथ दाहाल– माओवादी

३. रामेछाप– पूर्णबहादुर तामाङ – कांग्रेस

४. दोलखा– (मतगणना रोकिएको)

५. काभ्रेपलाञ्चोक १– सूर्यमान दोङ – माओवादी

६. काभ्रेपलाञ्चोक २– गोकुल बास्कोटा– एमाले

७. सिन्धुपाल्चोक १– माधव सापकोटा– माओवादी

८. सिन्धुपाल्चोक २– मोहन बहादुर बस्नेत– कांग्रेस

९. मकवानपुर १– दीपक बहादुर सिंह– राप्रपा

१०. मकवानपुर २– महेश बर्तौला– एमाले

११. काठमाडौं १– प्रकाशमान सिंह– कांग्रेस

१२. काठमाडौं २– सोबिता गौतम– रास्वपा

१३. काठमाडौं ३– सन्तोष चालिसे– कांग्रेस

१४. काठमाडौं ४– गगन थापा– कांग्रेस

१५. काठमाडौं ५– प्रदीप पौडेल– कांग्रेस

१६. काठमाडौं ६– शिशिर खनाल– रास्वपा

१७. काठमाडौं ७ – गणेश पराजुली– रास्वपा

१८. काठमाडौं ८– विराजभक्त श्रेष्ठ– रास्वपा

१९. काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ– एमाले

२०. काठमाडौं १० – राजेन्द्र कुमार केसी– कांग्रेस

२१. ललितपुर १ – उदयसमशेर जबरा– कांग्रेस

२२. ललितपुर २ – प्रेमबहादुर महर्जन– एमाले

२३. ललितपुर ३ – तोसिमा कार्की– रास्वपा

२४. भक्तपुर १ – प्रेम सुवाल– नेमकिपा

२५. भक्तपुर २ – दुर्लभ थापा क्षेत्री– कांग्रेस

२६. चितवन १ – हरि ढकाल– रास्वपा

२७. चितवन २ – रवि लामिछाने– रास्वपा

२८. चितवन ३ – विक्रम पाण्डे– राप्रपा

२९. धादिङ १ – राजेन्द्र प्रसाद पाण्डे– एकीकृत समाजवादी

३०. धादिङ २ – रामनाथ अधिकारी – कांग्रेस

३१. नुवाकोट १ – हितबहादुर तामाङ– माओवादी

३२. नुवाकोट २– अर्जुन नरसिंह केसी– कांग्रेस

३३. रसुवा– मोहन आचार्य– कांग्रेस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.