पूर्वी नेपालका २८ सिट : एमाले-कांग्रेस नाफामा, माओवादीलाई घाटा

मंसिर १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
पूर्वी नेपालका २८ सिट : एमाले-कांग्रेस नाफामा, माओवादीलाई घाटा

विराटनगर । प्रदेश नम्बर १ मा प्रतिनिधिसभातर्फ २८ सिट छन् । यीमध्ये २० स्थानको नतिजा आइसकेको छ । अब ८ स्थानको मत परिणाम आउन बाँकी छ ।

अहिलेसम्म नतिजा आएका २० सिटमध्ये नेकपा एमालेले गठबन्धनलाई पछि पार्दै १० स्थान जितेको छ । स्वतन्त्रबाट जितेका मोरङ ५ का योगेन्द्र मण्डल पनि एमालेकै नेता हुन् । उनलाई समेत जोड्दा एमालेले प्रदेश १ बाट ११ सिट हात पारेको छ ।

मतगणना जारी रहेका ८ स्थानमध्ये ६ वटामा एमालेको अग्रता छ । अग्रता लिइरहेका सबै सिट जित्यो भने एमालेले कुन १७ सिट हात पार्ने छ । ०७४ को चुनावमा प्रदेश १ बाट एमालेले १६ सिट जितेको थियो ।

नेपाली कांग्रेसले अहिलेसम्म २० मध्ये ६ स्थान जितेको छ भने एक स्थानमा अग्रता लिइरहेको छ । ०७४ को चुनावमा प्रदेश १ बाट कांग्रेसले ५ सिट जितेको थियो ।

माओवादी केन्द्रले २० मध्ये ३ सिट जितेको छ । अघिल्लो चुनावमा एमालेसँग मिल्दा उसले ६ सिट जितेको थियो ।

राप्रपाले २०७४ मा पनि प्रदेश १ बाट एक सिट मात्र जितेको थियो । यसपालि पनि राजेन्द्र लिङलेनले एमालेसँग मिलेर त्यही एक सिट जोगाएका छन् ।

मतपरिणाम आउन बाँकी ८ स्थान

इलामका दुईवटै क्षेत्रको मत गणनामा ढिलाइ भएकाले परिणाम आउन बाँकी छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले भाग लिएको इलाम क्षेत्र नम्बर १को परिणाम आउन बाँकी छ । यहाँ एकीकृत समाजवादीका उम्मदेवार खनाललाई एमालेका महेश बस्नेतले पछाडि पारिरहेका छन् । बस्नेतले मत पाउँदा खनालले मत ल्याएका छन् ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिस्पर्धा गरेको इलाम–२ को पनि मतगणना सकिएको छैन । यहाँ नेम्बाङले अग्रता लिइरहेका छन् । नेम्वाङले मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ले मत पाएका छन् ।

सुनसरीका चारवटै स्थानको मतगणना अहिलेसम्म सकिएको छैन ।

कर्णालीका १२ सिटको नतिजा : ०७४ मा कांग्रेस शून्य, अहिले एमालेको पालो

धरान शहरलाई समेटिएको सुनसरी १ को नतिजा आउन बाँकी छ । त्यहाँ जसपा नेता अशोककुमार राईलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिइरहेकी छिन् ।

सुनसरी २ मा एमालेका भीम आचार्यले अग्रता लिइरहेका छन् । पूर्वमुख्यमन्त्रीसमेत रहेका आचार्यले मत २४ हजार ८ सय २२ ल्याएका छन् भने दोस्रो स्थानमा कांग्रेसका सीताराम मेहताले २० हजार ६ सय मत पाएका छन् ।

सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले १६ हजार ५ मतका साथ अग्रता लिइरहेकी छिन् भने कांग्रेसका विजय कुमार गच्छदार ११ हजार ६ सय ९५ मत सहित दोस्रो स्थानमा छन् ।

सुनसरी क्षेत्र नम्बर ४ को पनि मत गणना जारी छ । यहाँ नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले दोस्रो स्थानमा छन् भने एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले अग्रता लिइरहेका छन् । शनिबार बिहान १० बजेसम्मको गणनामा कुसियतको मत २० हजार ५ सय ५७ छ भने कार्कीको २० हजार ४ सय २५ छ ।

मोरङ क्षेत्र नम्बर १ को पनि मतगणना जारी छ । यहाँ एमालेका घनश्याम खतिवडाले २२ हजार ७ सय ९८ मतका साथ अग्रता लिइरहेका छन् भने कांग्रेसका डिगबहादुर लिम्बुले २२ हजार ७ सय ४३ मतका साथ खतिवडालाई टक्कर दिइरहेका छन् ।

त्यसैगरी प्रदेश १ अन्तरगत उदयपुर क्षेत्र नम्बर १ को पनि मतगणना बाँकी छ । यहाँ कांग्रेस नेता एवं परराष्ट्र मन्त्री डा. नारायण खड्काले अग्रता लिइरहेका छन् । खड्काले २१ हजार ८ सय ३३ मत पाएका छन् । उनलाई पछ्याइरहेकी एमालेकी मञ्जु कुमारी चौधरीले २० हजार १ सय ४० पाएकी छिन् ।

प्रदेश १ का २८ मध्ये २० सिटको नतिजा –

१ ताप्लेजुङ– योगेश भट्टराई– एमाले

२. पाँचथर – बसन्तकुमार नेम्वाङ – एमाले

३. तेह्रथुम– सीता गुरुङ– कांग्रेस

४. संखुवासभा– दीपक कार्की– कांग्रेस

५. धनकुटा– राजेन्द्रकुमार राई– एमाले

६. भोजपुर– सुदन किराती– माओवादी

७. झापा १ – विश्वप्रकाश शर्मा– कांग्रेस

८. झापा २ – देवराज घिमिरे– एमाले

९. झापा ३– राजेन्द्र लिङदेन– राप्रपा

१०. झापा ४– एलबी साँवा– एमाले

११. झापा ५– केपी शर्मा ओली– एमाले

१२. मोरङ २ – ऋषि पोखरेल– एमाले

१३. मोरङ ३ – सुनिलकुमार शर्मा– कांग्रेस

१४. मोरङ ४ – अमनलाल मोदी– माओवादी

१५. मोरङ ५ – योगेन्द्र मण्डल –स्वतन्त्र

१६. मोरङ ६– डा. शेखर कोइराला– कांग्रेस

१७. खोटाङ– रामकुमार राई– माओवादी

१८. सोलुखुम्बु– मानवीर राई– एमाले

१९. ओखलढुंगा– रामहरि खतिवडा– कांग्रेस

२०. उदयपुर – अम्बरबहादुर रायमाझी– एमाले


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.